जवाफ छ कसैसँग ?

  • ख-
  • ख+

सँगसँगै काम गर्नेमा अस्थायी शिक्षकले सुविधा पाए स्थायी शिक्षकको मृत्यु हुदाँ विरामी विदाको रकम समेत पाएनन् ।
कमलभक्त पोखरेल । तनहूँ । आदरणीय शिक्षक साथीहरू, पत्रकारज्यूहरू, संघ तथा महासंघका साथीहरू , विद्यालय शिक्षाका कर्मचारीहरू, सभासदज्यूहरू , शिक्षा मंत्रीज्यू , एवं देशका माननीय न्यायाधीशज्यूहरू, पोष्ट गरिएको फोटो अरूण मा वि बन्दीपुर तनहूँमा कार्यरत एकजना दिवंगत शिक्षकको हो । करीब १२ बर्ष अध्यापन अस्थायी र दुई बर्ष स्थायी सेवा गरेपछि दुबै मृगौला फेल भई यही बर्ष कोरोना समेतको आक्रमणपछि दिवंगत हुनुभयो । वहाँ सँगसँगै कार्यरत शिक्षकले करीब दुई बर्ष बराबरको उपदान तथा उपचार खर्च समेतगरी, करीब ६ लाख रूपिया लिएर अवकाश लिनुभयो । दुर्भाग्यवश वहाँ स्थायी शिक्षकमा नियुक्ति लिएको कारणले राज्यकोषबाट वहाँको नाममा आफ्ना अस्थायी साथीहरूले पाए सरह सुबिधा पनि परिवाले पाएन । यसरी यस्ता खालका शिक्षक कर्मचारीले उपदान पाउने कानुन नबनिदिदा यस्ता शिक्षकका परिवार मर्कामा परेका छन । यो कानुन विभेदपूर्ण छ किनभने संविधानमा नै उल्लेख भएको कुरामा समेत विभेद गराउदा यो कानुन सर्वथा अन्यायपूर्ण छ ।


हिजो मात्रै वहाँकि धर्म पत्नीले खाएको हण्डर एकक्षण धैर्य भएर पढ्नुहोला ।
घटना नम्बर १. कार्यरत अवस्थामा मृत्यु भएको शिक्षकले राज्यकोषबाट केही रकम पाउछ भन्ने सुनेर वहाँकि धर्मपत्नी बिरामी विदाको फाईल बोकेर विद्यालय शिक्षक किताबखाना जानुहुन्छ । केही दिन विदा बढी देखिएकोले यो मिलेन भन्दै फाइल फिर्ता हुन्छ । जबकि किताबखानाले अनियमित देखिएको बिदा मिलाउन सक्छ । केवल १४३ दिनको संचित विदाको मात्रै फाईल पेश हुन्छ ।
अनि किन फाईल फिर्ता गरेको भनेर सोधनी हुदाँ पठाईदिनुस् अब मिलाईदिन्छु भन्छन् एकजना कर्मचारी ।
घटना नम्बर २. विद्यालय प्रशासनले एउटा शिक्षकले कति बिदा पाउँछसम्म पनि थाहा पाउँदैन । विदा वेरूजु हुनेगरी रमाना तथा विदा प्रमाणित गरिदिन्छन हेडसर ।माया गरेको कारणले धोका हुनेछ भन्ने सोच्न पनि सक्दैनन् ।
घटना नम्बर ३. विद्यालय को निरीक्षणको जिम्मेवारी लिएको निरीक्षक विद्यालयमा पाईलो टेक्दैन । उसैले विदा प्रमाणित गराउन पर्ने कानुन थियोे र हालसम्म पनि छ । विद्यालयमा नै नजानेबाट कसरी प्रमाणित गराउने ?
घटना नम्बर ४. यस्ता समस्यामा बाधा अड्काउ फुकाउन कार्यरत जिल्ला शिक्षा समन्वय इकाई वि नि को प्रमाणित रहेनछू भन्दै फाईल फिर्ता गराउछ । किताबखानामा रोहोवरमा सोधनी गर्दा उक्त कर्मचारी किताबखानाको हैन भनेर बहाना गर्छ । प्रमाणित गरिदिन आनाकानी गर्छ ।
दुर्भाग्यपूर्ण ! आज वहाँले फगत आफ्नो श्रीमानको करीब ४ महिना बराबरको विदा प्रमाणित गराउन सक्नुभएन । सम्पूर्ण निकायहरूमा सक्षम व्यक्ति भनेर शिक्षक सेवा , लोक सेवा आयोगले छनोट गरेकै हो ।
यी उल्लेखित घटनाहरूलाई हेर्दा यसको निराकरण अदालत बाट मात्रै हुने देखिन्छ । एउटा आर्थिक रूपमा शिथिल र रोगबाट पिडित परिवार सर्बोच्च अदालत पुगेर कसरी न्याय माग्न सफल होला ? यसका लागि शिक्षक महासंघको भूमिका महत्त्वपूर्ण हुन आउछ । यस्ता नीतिगत त्रुटीहरूमा नियमन गर्नकालागि र पेशागत हकहित तथा मर्यादा कायम गराउन महासंघको स्थापना भएको हो । महासंघ तथा शिक्षक संघले पहल गर्दैन भने नेपाल शिक्षक संघ तनहूँले सर्बोच्चमा न्यायमाग्न जानेछ र उक्त खर्च शिक्षक संघ र महासंघ का संघीय कार्यसमितिलाई बुझाउनु पर्ने लेवी बाट कटाएर दिईने छ । अब उहाँको ३, ४ महिनाको विदाको रकम मात्रै लिन किन धाउने ? वहाँको परिवारले आफ्ना श्रीमानले सेवा गरेकोमा अस्थायी साथीहरूले पाएसरहको उपदान तथा उपचार खर्च किन नपाउने ? आदरणीय पत्रकार मित्रहरू शिक्षक संघ तथा महासंघका आदरणीय साथीहरू यस्ता घटनाहरू, जुन घटनाबाट शिक्षक र उसको परिवार सिधै मर्कामा परेका छन् । यसमा आवाज उठाउन अति आवश्यक भएकोले सर्बोच्चको सहयोगबाट मात्रै समस्याको निरूपण गर्न सकिने हुनाले यो सुविधाको निम्ति संघर्ष गरिदिनु हुन विनम्र अनुरोध छ ।
(लेखक शिक्षक संघ तनहूँको अध्यक्ष हुनुहुन्छ ।)

कमलभक्त पोखरेल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्