गण्डकीका तरुणहरुको जिम्मा पुर्ण गुरुगंलाई

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसका युवा नेता पुर्ण बहादुर गुरुङ नेपाल तरुण दल बिभागको गण्डकी प्रदेश संयोजक पदमा मनोनित हुनुभएको छ । नेपाली कांग्रेसमा रहेर राजनिति गर्नुभएका गुरुगं अघिल्लो निर्वाचनमा नेपाली काङ्ग्रेस तनहूँको संघीय समानुपातिक उम्मेद्बार हुनुहुन्थ्यो ।
गण्डकी प्रदेशमा गुरुगंसगै प्रदेश नम्बर १ रामबहादुर बुढाथोकी झापा, प्रदेश नम्बर २ मा राम पल्टन शाह , धनुष, वाग्मती प्रदेशमा नारायणप्रसाद तिमल्सेना , ललितपुर, लुम्बिनी प्रदेशमा नरबहादुर बिष्ट , रुकुम पूर्व र कर्णाली प्रदेशमा राजेश शाही दैलेख जिल्लाकालाई मनोनयन गरिएको छ ।

गण्डकी प्रदेशको तरुण विभागको संयोजकमा मनोनित गुरुगं व्यास नगरपालिकाका वासिन्दा हुनुहुन्छ भने वहाँले तरुण दलमा रहेर संगठन बिस्तारको लागि लामो समयदेखि काम गरिरहनुभएको छ । युवाहरुमाझ चर्चित गुरुगंको मनोनयनलाई तनहूँका कांग्रेसी युवाहरुले अत्यन्तै सकारात्मरुपमा लिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्