के आउला अदालतलाई प्रधानमन्त्रीको जवाफ ?

  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले आफै उपस्थित भएर अदालतको अवहेलना मुद्दाका सम्बन्धमा लिखित जवाफ उपस्थित हुन आदेश दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतमा परेको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ धन्ने अभिव्यक्ति दिएपछि वहाँ विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

वहाँ विरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।
प्रत्येक बिषयमा हल्का फुल्का टिप्पणी गर्ने प्रधानमन्त्री होलीको कस्तो जवाफ आउला सबैले प्रतिक्षा गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्