रोनाल्डोको घरमा घुस्यो चोर, हस्ताक्षर गरिएको जर्सी चोरेर भाग्यो !

  • ख-
  • ख+

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको घरमा चोरी भएको छ ।

पोर्चुगलको माडेरियाको फन्चलस्थित रोनाल्डोको घरमा चोर पसेको हो । चोरले रोनाल्डोको घरबाट केही सामान चोरी गरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

रियल मड्रिडका पूर्व स्टार रोनाल्डोको घरबाट चोरले हस्ताक्षर गरिएको एउटा जर्सी चोरेर लगेको छ ।

चोरी भएको दिन भने रोनाल्डो पोर्चुगलको राष्ट्रिय टीमबाट स्पेनविरुद्धको मैत्रीपूर्ण खेल खेलिरहेका थिए ।

ग्यारेजको ढोकामार्फत चोर रोनाल्डोको घरभित्र छिरेको जनाइएको छ । त्यो ढोका घरका कामदारहरुले बन्द गर्न भुलेका थिए ।

स्थानीय प्रहरीले चोरीबारे अनुसन्धान शुरु गरिएको समाचारहरुमा जनाइएको छ ।

अनुसन्धानका क्रममा सीसीटीभी जाँच गर्दा घरभित्र चोर घुसेको दृश्य देखिएको छ ।

सात तलाको रोनाल्डोको उक्त घरमा दुई पौडी पोखरी, फुटबल मैदान समेत छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्