हरेक दिन
मुखियाका
नोकर चाकरले
तवेलामा नै आएर
स्याहार सुसार गर्छन्
पोषिलो अन्न खुवाउछन
हेरचाह गर्छन
तेल लगाउछन
किर्ना निकाल्छन
टाँप खिए नखिएको हेर्छन्
त्यसैले त!
घोडा हुनुको मज्जा बेग्लै छ।
मुखिया!
चोकको चिया पसलमा
चिया पिउदै
गलफती हाक्ने हरु माझ
घोडाको तारिफ गर्छन्
छेउमा उभिएको घोडा
मुखियाको प्रसंसा सुनेर मख्ख हुन्छ।
बास्तबमा
घोडा हुनुको मज्जा बेग्लै छ।
जस्ले जे भने नि
जो जहाँ पुगेपनी
कि त घोडा बनेर पुगेको छ
कि त घोडाको साथ पाएर पुगेको छ।
चाहे!
त्यो सिंहदरबारमा होस
चाहे!
त्यो शितल निवास नै किन नहोस् !
चाहे !
सगरमाथाको फेदिमा होस
चाहे१
सत्ताको उच्च ओहदामा होस
काजी बनेर होस
या
मुखिया बनेर
कि त घोडा
नभए पनि घोडाको साथमा पुगेको छ।
तसर्थ!
घोडा हुनुको मज्जा बेग्लै छ।
यहीँ समाजका
कति घोडा हरु
सांसद बने मन्त्री बने।
पत्रकार बने नेता बने
लेखक बने पुरस्कृत बने।
साच्चिकै हो ।
घोडा हुनुको बेग्लै मज्जा छ।
तर!
घोडा हरुको बिशेषता
अलि फरक हुन्छ।
घोडा हरु!
तबसम्म इमानदार हुन्छन्
मालिक समक्ष
तबसम्म बफादार हुन्छन्।
मुखियाले प्रसंसा गरीन्जेल
मुखिया र मुखियाका
नोकर चाकर ले
तेल घसुन्जेल
किर्ना टिपिन्जेल
घोडाहरु उफ्रदैन!
लात हान्दैन!
इमानदार
र
बफादार देखिन्छन्।
तसर्थ!
घोडा हुनुको मज्जा बेग्लै छ।
आकाश अधिकारी दमौली, तनहुँ।








