आफ्नो,परिबार को हालत के भै राछ आज ?
नाङ्गो बनाइ सक्दा पनि लाग्दैन कि लाज ?
कहाँ पुग्न सक्छौ आखिर तिमी भुइँ मान्छे।
तिम्रै कारण शामन्ती ले पाए महल र ताज।
पाप,अपराध गरि जीवन खेर नफाल।
कुनै दिन तिम्रै घरमा आइपुग्छ काल।
तिमिलाइ लिन कुनैदिन घर मैं आउँछ।
सक्छौ भने समातेर काल लाई जेल हाल।
शिर मा राखी आफैं किन मत्याउंछ मान्छे।
पछि फेरि उसैलाइ लत्याउंछ मान्छे।
जब स्वार्थ पूरा हुने लक्षण देखिंदैन ।
अनेक दुख कष्ट दिई अत्याउंछ मान्छे।
श्रीराम भट्टराई, सत्रसय , तनहुँ ।








