भत्किनु पुर्व !
मन्दिर,चर्च र मस्जिद भित्र !
आस्था र बिश्वासको साम्राज्य थियो।
मानौ यो दुनियाँ नै एकाकार थियो।
समयको रुपान्तरण सगै!
आस्था र बिश्वासका धोतकहरु
गर्याम् गुर्लुम ढले !
‘×ב
युग प्रारम्भको शुन्य बिन्दुमा
चेतनाको छाल उठ्न थालेपछि
बिश्वासको प्रादुर्भाव भएको थियो।
आस्थाको सगरमाथा अग्लिएको थियो।
त्यस बेलामै !
चेतनाको शल्यक्रिया गर्दै गर्दा।
भीषण तस्बिर देखिएको थियो।
बिज्ञानको प्रयोगशालामा।
अनि !
बिम्बमा देखिएको थियो !
यिनै आजका भग्नावशेष हरु।
‘×ב
आजकल !
अहंकारको उदय भएको छ।
स्वार्थको हुरी चलेको छ।
वर्ण र कद्को लेखाजोखा हुने गरेको छ।
सम्पन्नता र विपन्नता बिचको युद्ध चलेको छ।
मान,संमानको द्वन्द्व बडेको छ।
त्येसैले त !
आस्था र बिश्वासको धरोहर
गर्ल्याम गुर्लुम ढलेको छ।
आकाश अधिकारी (तनहुँ।








