प्रकृतिका उच्च शिखर तनहुँ राजधानी।
बन्दिपुर लाई भन्छन् सबले पहाड कि रानी।
मर्श्याङ्दी को किनारैमा बिमल नगर माथी।
एशिया कै ठूलो गुफा हेर्न जाउं है साथी।
टुंडिखेल रमाउंछ हिमाल संग खेली।
पहाड मा फुल्छन गुराँस बेलि र चमेली।
रानिबनको आसपासमा सिलेट ढुङ्गा खानी।
पियि रहुं जस्तो लाग्ने तीन धारेको पानी।
डुम्रे बजार चुम्बन गर्दै बग्छ चुंदी खोला।
बन्दिपुर ले फेरेको छ ऐतिहासिक चोला।
तल मन्दिर खड्गमाइ को माथी थानिमाइ।
निम्तो दिन्छन भेट्न आउने छिम्केस्वरी लाई।
सुकौरा को फांट ठूलो, ठूलो शेराटार।
कुलुङ कोट र मुच्चुकमा राजाको दर्बार।
राणा शासन अन्त्यपछि बन्यो भानु माबी।
बिध्या शिक्षा आर्जन गर्दै खुल्यो ग्यानको चाबी।
तनहुँ को सदरमुकाम पैला यहीँ थियो।
समय को हुरि आयि दियो,निभाइ दियो।
गीतकारः श्रीराम भट्टराई








