उमेर ढल्किँदै जाँदा करिश्माकाे सुन्दरता बढ्दै (फोटोफिचर)

  • ख-
  • ख+

नेपाली अभिनेत्रीको कुरा गर्दा नायिका करिश्मा मानन्धरलाई नचिन्नै सायदै भेट्न गाह्रो होला ।

१४ वर्षको उमेरदेखि फिल्म खेल्न सुरु गरेकी करिश्माले ४६ बसन्त पार गरिसकिन् तर उनको सुन्दरतामा भने झनै निखार आउँदै गएको देखिन्छ ।

पछिल्लो समयमा करिश्माले दैनिक सामाजिक सञ्जालमा राख्ने तस्विरहरुले पनि ढल्किँदै गएको उमेरमा उनको सुन्दरता बढेको सहजै अनुमान लगाउन सकिन्छ ।

कक्षा ८ सम्म मात्र अध्ययन गरेकी करिश्माले १ वर्ष अगाडी एसएलसी परिक्षा उत्तिर्ण गरेकी हुन् । २०७५ सालको एसईई परिक्षार्थी भएर करिश्माले बी प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिमा पार्टीमा लागेर राजनीतिमा प्रवेश गरेकी करिश्माको राजनैतिक जीवन भने सफल हुन सकेन । त्यसैले उनले २०७६ सालको जेठ महिनामा पार्टी छाडेको घोषणा गरिन् ।

धेरै नेपाली नायिकाहरु यस क्षेत्रबाट पलाइन भैरहेतापनि करिश्मा पनि यसमा टिकेर बसेकी छिन् । धेरै कलाकारहरुले चलचित्र क्षेत्र छाडेर अन्य क्षेत्रमा सफलता हात पारेतापनि गुमनाम छन् ।

करिश्मा ‘सन्तान’बाट करिअर सुरु गरेकी हुन् । करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर र उनको सुन्दरता देखेर आम मानिसहरु भन्छन् उमेर ढल्किए पनि करिश्माको सुन्दरता भने ढल्केको छैन ।

करिश्माको बारेमा थप जानकारी

नाम : करिश्मा मानन्धर

न्वारनको नाम : बुनु केसी

जन्मस्थान : ललितपुर

जन्ममिति : सन् १९७२ साल

अहिलेको बसाई : ललितपुर

उचाई : ५ फिट ३ इन्च

शिक्षा : एसईई सम्मको अध्ययन

पहिलो फिल्म : सन्तान (सन् १९८९)

श्रीमानको नाम : विनोध मानन्धर

सन्तान : एक छोरी कविता मानन्धर

हेरौं नायिका करिश्माका केही तस्विरहरु

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्