चन्द्रमाको यात्रामा जान ईच्छुक आठजनाको खोजी गर्दै जापानी अर्बपति

  • ख-
  • ख+

जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गर्नुभएको छ । उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ।

म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्,ू वहाँले ट्वीटरमा राखिएको भिडिओमा भन्नुभएको छ । वहाँले त्यसका लागि त्यहाँ आवेदन भर्ने विवरणहरू पनि राख्नुभएको छ ।

वहाँले पूरै यात्राको लागि आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा निस्शुल्क हुने पनि बताउनुभएको छ ।

डियरमून नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ।

उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्नेछ। सहभागीहरुले जुनसुकै गतिविधिमा भए पनि वहाँहरूले अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ र त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछ , वहाँले भन्नुभएको छ ।

ूमैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो यात्रा निजी हुनेछ, अगाडी वहाँले भन्नुभएको छ ।

फेशन दुनियाँका ती धनाढय र कला संकलकले यात्राका लागि यसअघि आफूले कलाकारहरूलाई आमन्त्रण गर्न चाहेको बताएका थियो ।

तर अब भने यात्रामा समावेश हुन विश्वभरका मानिसहरूलाई मौका दिने वहाँले बताउनुभएको छ ।
यदि तपाईँले आफूलाई कलाकारका रुपमा हेर्नुहुन्छ भने तपाईँ कलाकार नै हो, वहाँले भन्नुभयो ।

गत वर्ष, उक्त यात्रामा आफूसँग समावेश हुनका लागि वहाँले नयाँ केटीसाथीको पनि खोजी गर्नुभएको थियो तर पछि वहाँले त्यो योजना रद्द गर्नुभयो ।
सन् २०१८ मा, एलन मस्कको स्वामित्वको कम्पनी स्पेसएक्सले वहाँहरूले चन्द्रमाको परिक्रमा यात्रामा लैजाने पहिलो निजी यात्रुका रुपमा माएजावाको नाम छानेको थियो।

अन्तरिक्षमा जानका लागि माएजावाले कति रकम तिर्नुभयो भन्ने खुलाइएको छैन। तर मस्कका अनुसार त्यो धेरै ठूलो रकम थियो।

सन् २०२३ का लागि योजना गरिएको यो मिसन सन् १९७२ पछिको मानवको पहिलो चन्द्रमायात्रा हुनेछ। (बिबिसी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्