सङ्क्रमित अत्याधिक भएपछि रुसको राजधानीमा अझ कडाई

  • ख-
  • ख+

रुसको राजधानी मस्कोमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढ्दै गएपछि केही कडा प्रवन्धहरु लागू गरिएको छ । विषेश गरेर सवै बारहरु, क्लवहरु र नृत्य गृहहरु भित्र अपनाइनेगरी कडा प्रवन्धहरु लागु गरिएको मस्कोका मेयर सेर्गेइ सोब्यानीनलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्जारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँका हरेक कर्मचारी तथा आगन्तुकहरुको सम्पर्क नम्बर लेख्नु पर्नेलगायतका व्यवस्थाहरु गरिएको समाचारमा बताइएको छ । आवतजावत गरेका व्यक्तिहरुले आफ्नो आवतजावत सम्वन्धी विवरण विषेश सम्पर्क नम्बरमा पठाउनुपर्नेछ ।

कुनै व्यक्तिलाई कोरोनाभाइरसको नयाँ सङ्क्रमण देखिएमा उसको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्न र उनीहरुलाई परीक्षणको दायरामा ल्याउन सजिलो हुने अपेक्षाका साथ यस्तो व्यवस्था गरिएको हो ।

रुसमा पछिल्लो २४ घण्टामा मात्रै थप १३ हजार ७५४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा यो संख्या भने कम हो । अघिल्लो दिन बुधबार २४ घण्टामा १४ हजार २३१ जना सङ्क्रमित भएका थिए ।

अधिकारीहरुका अनुसार रुसमा अहिलेसम्म १३ लाख ५४ हजार १६३ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने अघिल्लो दिनको तुलनामा बृद्धि भएको छ । अघिल्लो दिन बुधबार २३९ जनाको मत्यु भएकोमा बिहीबार २८६ जनाको मृत्यु भएको छ ।

रुसमा कोरोनाका कारण अहिलेसम्म कुल २३ हजार ४९१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो एक दिनमा मात्रै रुसमा आठ हजार ३९२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका छन् । रुसमा अहिलेसम्म दश लाख ४८ हजार ९७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्