दमौली । तनहुँको व्यास नगरपालिका–२, दमौली बजार, लक्ष्मी टोलमा ब्युटी तथा सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने सूचना व्युटी सलुन एण्ड एकेडेमी सञ्चालनमा आएको छ।
भाद्र १९ गतेदेखि सञ्चालनमा आएको सूचना व्युटी सलुन तथा एकेडेमीको व्यास नगरपालिकाका प्रमुखले उद्घाटन गरेका हुन्। यहाँ ब्युटी तथा सौन्दर्यसम्बन्धी विभिन्न सेवा, सामग्री तथा गतिविधिका साथै आवश्यक सौन्दर्य सामग्रीबारे जानकारी लिन र सेवा अवलोकन गर्न सकिने सञ्चालक सूचना तिवारीले जानकारी दिइन्।
तीज पर्वलाई लक्षित गर्दै सलुनले सम्पूर्ण सेवामा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट दिने विशेष अफर ल्याएको छ। साथै, २०८३ भाद्र २१ गते निःशुल्क स्किन टेस्ट को व्यवस्था गरिएको सञ्चालक तिवारीले बताइन्।
सलुनमा सौन्दर्यसम्बन्धी सेवा तथा आवश्यक सामग्री उपलब्ध हुने भएकाले अभिभावक, दिदीबहिनी तथा सौन्दर्य सेवामा रुचि राख्ने सबैलाई एकपटक भ्रमण गरी सेवा लिन सञ्चालक तिवारीले आग्रह गरेकी छन्।












