ऋषिङ–८, दुईघरे । तनहुँको ऋषिङ गाउँपालिका–८, दुईघरेस्थित कल्याणदेवी नेवा: महिला खलले भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु. ८ हजार सहयोग गरेको छ।
खलको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ८ हजार (अक्षरेपी आठ हजार रुपैयाँ) जम्मा गरिएको हो।
विपद्को समयमा पीडितको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको खलले जनाएको छ। मानवीय सेवाका लागि गरिएको यस सहयोगले विपद्मा परेका नागरिकलाई राहत पुर्याउन योगदान पुग्ने विश्वास गरिएको छ।
साभार: सुरज श्रेष्ठ, ऋषिङ्ग












