तनहुँ  । तनहुँको व्यास नगरपालिका–११, रानीगाउँस्थित रानीगाउँ आमा समूहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ।
समूहले बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार ५२५ रुपैयाँ सहयोग गरेको हो।
विपद्को समयमा पीडित परिवारलाई राहत पुर्‍याउन तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले आफ्नो तर्फबाट सहयोग रकम उपलब्ध गराएको जनाएको छ।
आमा समूहले विपद्का बेला सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिँदै पीडितको दुःखमा साथ दिनु सामाजिक दायित्व भएको बताएको छ