तनहुँ । दमौली निवासी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि रु. ५१ हजार १ रुपैयाँ सहयोग गरेका छन्।
वाग्लेले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विपद्का कारण समस्यामा परेका नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले सहयोग गरेको बताएका छन् ।
विपद्को समयमा पीडित नागरिकलाई साथ दिने उद्देश्यले गरिएको उनको सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय एकताको सकारात्मक सन्देश दिएको छ। साथै, विपद्मा आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्नुपर्ने भावना विकास गर्न यस प्रकारका सहयोगले प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।















