दमौली । ग्रीन सिटी आमा समूह, व्यास–२, दमौलीले रसुवामा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. ५० हजार ५ सय ५५ सहयोग गरेको छ।

समूहले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारको पीडामा साथ दिन तथा राहत र उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले समूहले आफ्नो तर्फबाट आर्थिक सहयोग गरेको जनाएको छ।

विपद्को समयमा गरिएको सानो सहयोगले पनि पीडित परिवारलाई राहत पुग्ने विश्वाससहित आमा समूहले मानवीय सेवामा हातेमालो गरेको हो।