तनहुँ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि तनहुँ समाज हङकङले रु. १५ लाख ५५ हजार आर्थिक सहयोग गरेको छ।
हङकङमा रहेका तनहुँसहित विभिन्न जिल्लाका नेपालीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको हो।
प्राकृतिक विपद्का कारण पीडित बनेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले संकलन गरिएको रकमले विपद्को समयमा प्रवासमा रहेका नेपालीहरूको सहयोगी भावना र सामाजिक उत्तरदायित्वलाई उजागर गरेको छ।
भोटेकोशी बाढीपहिरोबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुटिरहेका बेला तनहुँ समाज हङकङको यो योगदान पनि महत्वपूर्ण सहयोगका रूपमा देखिएको छ।
विपद्का बेला पीडितको साथमा उभिनु नै मानवताको वास्तविक परिचय हो। तनहुँ समाज हङकङको यो सहयोगले संकटमा रहेका नागरिकलाई राहत पुर्याउने अभियानमा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।













