तनहुँ । भानु नगरपालिका–५, पञ्चनगरस्थित एकता आमा समूहले बाढी तथा विपद्पीडितको राहतका लागि रु. २५ हजार ५ सय ५५ सहयोग गरेको छ।
समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याएको हो।
विपद्को कठिन समयमा आमा समूहका दिदीबहिनीहरूले देखाएको सहयोगी भावना र मानवीय कार्यले सामाजिक एकता र सहकार्यको महत्वपूर्ण सन्देश दिएको छ।
विपद्को समयमा सहयोग प्रदान गर्ने एकता आमा समूहका सम्पूर्ण दिदीबहिनीप्रति हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गरिएको छ। समूहको यो सहयोगले ‘एकता नै हाम्रो शक्ति हो’ भन्ने भावनालाई थप बलियो बनाएको छ।
तस्विर: रुटिन अफ भानु














