तनहुँ । जिल्ला भलिबल संघ तनहुँको चौथो अधिवेशनबाट कल्याण विक्रम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
दमौलीमा सम्पन्न अधिवेशनले अधिकारीसहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा राजकुमार अधिकारी र शंकर लम्साल, महासचिवमा पवित्रा अधिकारी तथा कोषाध्यक्षमा अशोक राना निर्वाचित भएका छन्।
नवनिर्वाचित समितिलाई जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नयाँ नेतृत्वले तनहुँमा भलिबल खेलको विकास, विस्तार र खेलाडी उत्पादनमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
साभार: दमौली एरिया














