भानु स्तरिय वडा कप फुटबलको समापनः भानु १ को सालबिस्ने युवा क्लब विजयी

  • ख-
  • ख+

बिकास निर्माणका सवालमा भानुनगरका वासिन्दाहरु कत्ति पनि संकोच नमानिकन आफुसग सम्पर्क राख्न सांसद श्रेष्ठको आग्रह

तनहूँ । भानु समृद्धिको आधार, कृषि, संस्कृति , पर्यटन र पुर्वाधार , स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ भानु नगरपालिकाको वडा नं २ नारेश्वरटारमा चैत्र ७ गते शुरुभएको प्रथम भानु नगरस्तरिय वडा कप सेभेन ए साईड खुल्ला फुटवल प्रतियोगिताको शनिवार समापन भएको छ ।
उक्त प्रतियोगिताको फाईनल खेलमा भानु नगरपालिका १ सालबिस्ने युवा क्लबले भानु ३ खहरेको फ्रेण्डसिप युवा क्लबलाई १ ० गोलको अन्तरले पराजित गर्दै प्रथम हुन सफल भएको थियो ।

विजयी खेलाडीहरुलाई कार्यक्तमका प्रमुख अतिथि माननिय सांसद कृष्णकुमार श्रेष्ठ किसानले पुरस्कार प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त अवसरमा वहाँले ”खेलाडीले देशको नाम चम्काउन मेहनत गर्ने भएकोले आफु सधै खेल र खेलाडीको उत्थानको लागि लागिपर्ने बताउनुभएको थियो , साथै वहाले भानुनगरका वासिन्दाहरु बिकास निर्माणका सवालमाकत्ति पनि संकोच नमानिकन आफुसग सम्पर्क राख्न ” आग्रह गर्नुभएको थियो । उक्त अवसरमा सांसद श्रेष्ठले ” आफु र आफ्नो पार्टी नेकपा एमाले सदा जनताको लागि लागि पर्ने ” बताउनुभएको थियो । उक्त अवसरमा सांसद श्रेष्ठले प्रतियोगितामा प्रथम हुने टिमलाई प्रदान गरिने रु ३० हजार रकम सहयोग उपलब्ध गराउनुभएको थियो ।

कालिका युवा क्लबका अध्यक्ष मनोज कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा भानु नगपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, विभिन्न टोल बिकास संस्था, क्लब आमा समुहका पदाधिकारी, सर्वसाधारण तथा खेलप्रेमी युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त अवसरमा आयोजक क्लब कालिका युवा क्लबका अध्यक्ष मनोज कुमार श्रेष्ठ ” प्रायोजक, सहयोगदाताहरुको सहयोग, दर्शकहरुको माया र जनप्रतिनिधिदेखि स्थानियहरुको सहयोगले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरु आयोजना गर्न हौसला मिलेको ” बताउनुभएको थियो । उक्त अवसरमा विजयी टिम सालबिस्ने युवा क्लबका क्याप्टेन सलिन तमागंले ” आयोजकहरुको चुस्त व्यवस्थापन र दर्शकहरुको हौसलाले प्रतियोगितालाई आर्कषक बनाएको ” बताउनुभएको थियो ।

उक्त अवसरमा सहयोगदाता तथा प्रतियोगिताका प्रायोजकहरुलाई सम्मान गरिएको थियो ।प्रतियोगितामा भानु १ भन्सारको भीमसेन युवा क्लब अयोजक कालिका युवा क्लबलाई पराजित गर्दै तृतिय भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्