पति हत्याको आरोपमा फरार पत्नी पक्राउ

  • ख-
  • ख+

धनुषा — हंसपुर टिल्हामा पतिको हत्यापछि फरार पत्नीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्यापछि फरार भएकी पत्नी र भाइलाई उदयपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

हत्या आरोपमा २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डल पक्राउ गरिएको छ । उनीहरुलाई भगाउन र लुकाउन संलग्न अन्य २ जनलाई समेत पक्राउ गरिएको मिश्रले बताए । धारिलो हतियार प्रहार गरी शुक्रबार राति मण्डलको हत्या गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा देवरसँग भाउजुको सम्बन्धका कारण विवाद हुँदा श्रीमती र भाइहरुले नै शम्भुको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
९कान्तिपुर०

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्