नाफाभन्दा पनि व्यापार स्थापना गर्ने र गुणस्तरिय उत्पादन गर्ने हाम्रो लक्ष्य छः मनोज राउत, प्रवन्धक, व्यास गण्डकी चप्पल उद्योग

  • ख-
  • ख+

बिकासोन्मुख देश नेपाल बिस्तारै बिकासका खुट्किलोहरु चढिरहेको छ । नेपालको प्रमुख आयश्रोत भन्नु नै विदेशबाट भित्रने रेमिट्यान्स रहेको छ । नेपालका युवाहरु खाडीको तातो गर्मीमा पसिना बगाउदै पठाएको पैसाले हामी जसोतसो देशलाई अगाडि घिसारिरहेका छौ । देशमा प्राविधिक शिक्षाको पढाई खासै नभएको कारण पनि यहाँ कलकारखानाहरु खुल्न सकेका छैनन् भने विदेशमा गएर दक्ष भएर आएको कामदार पनि यहाँ काम नपाएर पुन विदेशै भाँसिने गरेको छ । देशमा जुनसुकै तन्त्र आएपनि देशमा व्यापार व्यवसायहरु मैलाउलान् स्वदेशमै राजगार पाईएला, देशमै उद्योग कलकारखानाहरु खुल्लान् यहि घरपरिवारसग बसेर मिठो मसिनो खान पाईएला भन्ने युवाहरुको सपना अहिलेसम्म सपना नै रहेको छ तरपनि उल्लेख हुन नसकेपनि निजी क्षेत्रबाट सानोतिनो प्रयास भएका छन् । सरकार पासपोर्ट बनाएर बिदेश नै जाँउ भनेर प्रचार गर्न लागेपनि निजीक्षेत्रले केहि जनशक्तिलाई स्वदेशमा नै रोजगार दिने प्रयास गरेको छ त्यस्तै प्रयास गर्न लागेका छन् नेपालको एउटा सानो शहर दमौलीमा केहि युवा व्यवसायीहरुले । दमौलीका केहि सक्रिय युवा व्यवसायीहरु मिलेर व्यास नगरपालिका वडा नं. ४ चुरेखोल्सीमा २०७६ फागुन महिनाबाट व्यास गण्डकी चप्पल उद्योग संचालनमा ल्याउनु भएको छ , उक्त चप्पल उद्योगमा अहिले ६ जना कामदार कार्यरत हुनुहुन्छ । आजको कुराकानीमा त्यसै कम्पनीका प्रबन्धक मनोज राउतसगको कुराकानीः


प्रश्नः मनोजजी कत्तिको व्यस्त हुनहुन्छ ?
कोरोना महामारीको चापले गर्दा व्यस्त भन्दा पनि कहिले यो महामारीले दुः ख दिन छोड्ला र आफ्नो कारखाना दैनिक चलाउन पाईएला भनेर बसेको छु ।


प्रश्नः भर्खरै संचालनमा ल्याउनुभएको उद्योग कोरोनाले गर्दा बजार अस्तव्यस्त छ कस्तो छ व्यापार व्यवसाय ?


कोरोनाले असर नगरेको त व्यापार व्यवसाय कुनै पनि रहेन हाम्रो त झन् नयाँ कारखाना भएकोले त असर गरेको नै छ तर चप्पलहरु त जस्तो परिस्थितिमा पनि लगाउनु पर्ने चिज भएकोले खासै बजार त्यति नराम्रो छैन तर जुन सोंचका साथ हामी महिनामा यति उत्पादन गर्छौ यति सामान बजारमा पर्याउछौ, महिनामा यति बिक्री गर्छौ, बर्षमा यति बिक्रि गर्छौ भन्ने हाम्रो तार्गेट थियो त्यो कुरालाई त थुप्रै समस्या पारेको छ तै पनि हाम्रो बजार सन्तोषजनक नै छ ।


प्रश्नः कसरी जन्मियो दमौलीमा चप्पल कारखानको कन्सेप्ट ?


हाम्रो कम्पनीमा युवा जोश र जाँगर भएका २५ जना सक्रिय युवाहरु छौ । हामी अलि बढि युवा उमेरका साथीहरु भएर पनि होला हामीले अरुले गरेकै व्यापार व्यवसायभन्दा पनि केहि नौलो गरौ न भन्ने सोचिरहेका थियौ । त्यस्तैमा बसेर सरसल्लाह गर्दा केमा छ त बजार भनेर बिचार बिमर्श गर्यौ । दमौली जिल्लाको सदरमुकाम भएको कारण पनि धेरै मानिसहरुको चाप हुने त भईहाल्यो, नजिकैका बजारहरु खैरेनीटार, दुलैगौडा, भिमाद, यता डुम्रे, आँबुखैरेनी, बन्दिपुर, तुरतुरे, गोर्खाको पालुगंटार अनि लम्जुगंको भोर्लेटार, सोतिपसल र सदरमुकाम बेशीशहर पनि त हाम्रो नजिकैको बजार हो किन यी बजारहरुमा पनि आपुर्ति गर्ने गरि चप्पल उत्पादन नगर्ने हामीले सल्लाह गर्यौ र बजार अध्ययन गर्दा हाम्रो निर्णय उचित लाग्यो र हामी चप्पल कारखाना चलाईरहेको छौ ।

प्रश्नः कस्ता कस्ता प्रकारका चप्पलहरु उत्पादन गर्ने गर्नुभएको छ, गुणस्तरियताको मामिलामा कस्ता छन् तपाईको कम्पनीका उत्पादनहरु ?

हामी बजारमा कस्ता डिजाईनका चप्पलहरुको माग रहेको छ त्यहि अनुरुपका चप्पलहरु उत्पादन गरिरहेका छौ । हेर्दा राम्रो पनि देखियोस् , बलियो पनि होस् त्यसमा हाम्रो बिशेष जोड रहेको छ । मैले भनिसके हमीले गुणस्तरको मामिलामा कहिल्यै तलमाथि गर्दैनौ किनकी हाम्रो समुहको उद्धेश्य एउटा चप्पल कारखाना खोलेर अलिकति कमाएर बस्ने छैन हामीले देश र समाजलाई पनि केहि योगदान दिनुपर्र्छ, आफुहरुले सक्दो विदेशिने संस्कारलाई बन्द गराउनको लागि गर्नुपर्छ भन्ने सोचेको हुनाले हामी लामो रेशको घोडाको रुपमा हिड्दैछौ त्यहि कारणले हामीलाई नाफाभन्दा पनि व्यापार स्थापना गर्नुछ , हामीलाई आफ्नो कारखानाबाट गुणस्तरिय उत्पादन गरेर सबको मन जित्नु छ सोहि अनुप हामीले उत्पादन गरिरहेका छौ ।

प्रश्नः कत्तिको सजिलो रहेछ यस्ता प्रकारका कलकारखानाहरु चलाउनको लागि ?


हेर्नुस् गारो त जे काममा पनि हुन्छ नै टिम राम्रो चाहिन्छ भिजन प्रष्ट हुनुपर्छ गर्न नसक्ने भन्ने केहि छैन तर समाजको सर्वसाधारणको उपभोक्ताहरुको स्वदेशी अझ स्थानिय उतपादनलाई हेर्ने नजर सहि भयो भने झनै व्षपार व्यवसाय गर्ने मानिसलाई हौसला मिल्दछ नि मेरो भनाईको मतलब स्वदेशी उत्पादनलाई स्थानिय उत्पादनलाई माया गर्नुस् यहि किनेर लगाउनुस् भनेको होईन तर हामी नेपालीहरु कुरा चाँहि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ, माया गर्नुपर्छ भन्छौ तर स्वदेशी उत्पादनको गुणस्तरियता नै नबुझिकन नेपालमा बनेको के गतिलोे होला र ?े भनेर नाक खुम्च्याउछौ । यस्तो सोचको अन्त्य गर्नु जरुरी रहेको छ । आफ्नै गाउँ ठाउँको उत्पादन हो हेरौ त कस्तो रहेछ भनेर एक पटक प्रयोग गरेर सरसल्लाह पो दिने कि ? विदेशी भनेपछि जस्तो क्वालिटिको भएपनि जति पनि पैसा तिर्ने नेपाली भनेपछि क्वालिटीको माल भएपनि नाक खुम्च्याउने संस्कारको अन्त्य हुदैन तबसम्म स्वदेशी उतपादनले राम्रो बजार लिन गारो पर्दछ ।


प्रश्नः धेरै जनाको समुह मिलेर कारखाना संचालनमा ल्याउनु भएको छ, तपाईको समुहको चप्पल कारखाना बाहेक अरु केहि योजनाहरु पनि छन् कि ?

अवश्य पनि हामी एकजुट हुदैमा अलि दिर्घकालिन सोच लिएर जम्मा भएका थियौ हामी चप्पल कारखानामा मात्र अड्किने होईन बहुउद्धेश्यिय कामहरु ग्र्नुपर्छ भन्ने सोचका साथ आएका छौ । हामीले बहुउद्धेश्यिय कम्पनी संचालन गरिरहेको छौ । चप्पल कारखाना त भईहाल्यो अब हामीले कुखुरा पालन व्यवसाय शुरु गर्दैछौ । कृषि प्रधान देशमा कृषि सम्बन्धि कामहरु गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ, समुहमा एक से एक जानेबुझेको साथीहरु हुनुहुन्छ कृषिमा पनि के गर्दा राम्रो होला ? पशुपालनमा पनि के गर्दा राम्रो होला त्यस्को सरसल्लाह गर्दै हामी एउटा बहुउद्धेश्यिय योजनाका साथ अगाडि बढिरहेका छौ ।


प्रश्नः अन्तमा केहि भन्न चाहानुहुन्छ ?


सर्वसाधारणले सरकारलाई मात्र दोष दिने आफु केहि नगर्ने हो भने नेपालको सरकारले मात्र होईन संसारमा कुनै पनि देशको सरकारले धान्न सक्दैन त्यसैले आफ्नोक्षेत्रबाट आफ्नोे अनुभवले भ्याएसम्म मानिसले आफैले मेहनत गर्नुपर्दछ र हामी हाम्रो चप्पल उद्योगको आफ्नो ज्ञान सिप र अनुभव सबैलाई बाड्न तयार छौ आवश्यक परे सम्झनुहोला र अन्तमा हाम्रो उत्पादनलाई नेपालमा बनेको भनेर नाक खुम्च्याउने होईन कि एकपटक प्रयोग गर्नुहोला र हाम्रा कमीकमजोरी छन् भने सरसल्लाह दिनुहोला हामी अझ निखारिएर तपाइहरु सामु आउनेछौ । धन्यवाद !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्