विकट नगरपालिका भएकोले हाम्रो बजेट पुर्वाधार लक्षित छ: पदमा गुरुगं, उप प्रमुख, बेसीशहर नगरपालिका

  • ख-
  • ख+

साविकका बेसीशहर, गाउँशहर, उदिपुर, पुरानकोट, नाल्मा, चण्डिस्थान, बाँझाखेत गा.वि.स., बाग्लुगंपानी गा.वि.स.का ५ वटा वडाहरु र हिले टक्सार गा.वि.स.को एउटा वडा समाहित गरेर २०७१ सालमा बेसीशहर नगरपालिका बनाईएको नगरपालिका भौगोलिक रुपमा विकट रहेको छ । १२७.६४ वर्ग किमी फैलिएको नगरपालिका जति विकट छ त्यति नै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक रुपमा सम्पन्न पनि रहेको छ । भौगोलक विकटताका वावजुद तमाम सम्भावना र अवसरहरु हुदाँहुदै पनि बेसीशहर नगरपालिकाले भौतिक विकासमा उल्लेख्य प्रगति गर्न सकेको छैन । समूयाका बिचबाट नै सम्भावना र अवसरहरु श्रृजना हुने गर्दछन् भन्दै जनप्रतिनिधिहरु लागेको लम्जुगं जिल्लाको बेसीशहर नगरपालिकाले आर्थिक बर्ष २०८०।८१ को लागि ७६ करोड ७२ लाख ६० हजार रुपैयाको बजेट ल्याएको छ । कस्तो छ त आ. ब. २०८०।८१ को बजेट र कस्तो भईरहेको छ त बेसीशहर नगरपालिकामा बिकास निर्माणका काममा प्रगति ? सर्वज्योति डट् कम् को कुराकानीमा यसपटक उक्त नगरपालिकाकी उप प्रमुख पदमा गुरुगंं:

प्रश्नः उप प्रमुखज्यु बेसीशहर नगरपालिकाले आ.व. २०८०।८१ को बजेटमा के कस्ता कार्यक्रम तथा योजनाहरु ल्याएको छ , ति कार्यक्रम तथा योजनाहरुले जनता र जनप्रतिनिधिहरुको मन बुझाउन सकिएला ?
बेसीशहर नगरपालिकाले गत बर्षको भन्दा केहि घटि ७६ करोड ७२ लाख ६० हजार रुपैयाको बजेट ल्याएको छ । यो बजेट त सबैलाई थाहा छ धेरै तिर खर्च गर्न पर्ने हुदाँ हुदैपनि पुर्वाधारमा नै खर्च गर्नुपर्ने हुन्छ । धेरैजनाको चाहना पनि त्यहि हुन्छ बाटो राम्रो बनिदिए हुन्थ्यो, बिद्यालय, पुल, पुलेसाहरु राम्रो बनिदिए हुन्थ्यो भन्ने जनताको चाहना भएकोले हाम्रो धेरै बजेट पुर्वाधारमा नै जान्छ , त्यसपछिको हाम्रो बजेट युवा लक्षित, बालबालिका लक्षित, महिला लक्षित थुप्रै कार्यक्रमहरु छन् । स्वास्थक्षेत्रका लागि पनि राम्रै बजेट छुट्याएका छौ, जेष्ठ नागरिकको घरमै गएर उपचार, विपन्न परिवारको लागि कार्यक्रम विद्यालयमा ई -लर्निगंको लागि अनेकन कार्यक्रमहरुका लागि थप बजेट छुट्याएको छौ र यो बर्ष पनि शिक्षाक्षेत्रको सुधारको लागि ई-लर्निगं कक्षाहरु संचालन गर्न चाहने बिद्यालयहरुलाई आवश्यक बजेट दिने पक्षमा नगरपालिका रहेको छ ।

प्रश्नः हुन त तपाईले भनिसक्नुभयो पुर्वाधार बिकासमा बेसीशहर नगरपालिकाले बढि नै बजेट छुट्याएको छ भनेर तर देशभरका स्थानिय निकायहरुको मुख्य समस्या भनेकै प्रशासनिक खर्चमा अत्याधिक बजेट खर्च गने रहेको छ यो बिषयमा बेसीशहर नगरपालिका कत्तिको फरक छ ?
अघिल्ला जनप्रतिनिधिका कार्यकालमा भएका कामहरुको जवाफ त हामी दिन सक्दैनौ तर महालेखा परिक्षकको प्रतिवेदनमा अलिकति प्रशासनिक खर्च धेरै भएको टिपोट गरेको र हामीलाई पनि त्यस्तै फिल भएकोले हामीले यो बर्ष कार्यक्रम गर्दा पनि खर्च कति भएको हो त ? किन्नुपर्ने सामानहरु कहाँबाट ल्याएको हो त ? के के ल्याएको हो ? डिटेलमा मेयरसाब् र म आफुले पनि बिल चेक गर्ने गरेका छौ प्रशासनबाट प्रशासन प्रमुख र लेखा शाखाबाट निकै कडाईका साथ चेकजाँच गर्ने गरेका छौ र हामी प्रशासनिक खर्च घटाउने छौ।

प्रश्नः विकट र ऐतिहासिक बेसीशहर नगरपालिकामा ११ वडाहरु रहेका छन् यस्तो नगरपालिकालाई कस्तो बनाउनुपर्छ भनेर जनप्रतिनिधि र कर्मचारीहरु लाग्नुभएको छ ?
तपाईले पनि भनिसक्नुभयो विकट छ हाम्रो नगरपालिका भनेर हो वडा नं. ४,५, १० र ११ वडा अरु वडाहरुभन्दा धेरै नै विकट रहेका छन् । ति भुगोलमा बिकास कै हिसावले भन्दा बाटो नै बनाउनु पर्नेछ । स्थानिय सरकारले त्यस्ता विकट ठाँउहरुमा बाटो पिच गर्न त बजेटको कारणले सक्दै सक्दैन तर त्यस्ता ठाँउमा सहज आवागमनको लागि ग्रावेल गर्ने , नाली बनाउने गर्ने गरेका छौ र कहिलेकाँहि नगरपालिकाको मुख्य कार्यालयहरुबाट गर्नुपर्ने कुनै कामहरु भएको ईन्टरनेट प्रयोग गरेर छिटो छरितो काम गरेर पनि जनतालाई सेवा पुर्याउने काम गरेका छौ । कोभिडको बेला संचालन भई बन्द भएको हेल्प डेस्कलाई पुनः संचालनमा ल्याएर सेवा दिन लागेका छौ । सेवा प्राप्त गरेर सर्वसाधारणहरु फर्कदा फर्म भरेर हाम्रो बेसीशहर नगरपालिकाको सेवा कस्तो लाग्यो ? जनप्रतिनिधि र कर्मचारीको काम कस्तो लाग्यो ? के के छन् सुधार गर्नुपर्ने कुराहरु ति सब बुझेर अझ हामी सुधार गर्ने पक्षमा छौ ।

प्रश्नः बिकट नगरपालिका भएपनि बजेट एकदमै कम छ त यहाँले भनिसक्नुभयो छ , के छ प्रदेश र संघिय सरकारबाट कत्तिको सर्पोट पाउनु भएको छ काम गर्नको लागि ?
प्रदेश र संघ सरकारको बजेट अलि सिस्टममा नआएको हामीले फिल गरेका छौ । एकद्धार प्रणालीबाट बजेट आउनुपर्ने जस्तै वडाले बजेट व्यवस्थापन गर्न नसेको पालिकाले, पालिकाले गर्न नसेकेको प्रदेशले र प्रदशले नसकेको संघले गर्नुपर्नेमा व्यक्तिले सिफासि गरेको योजनाहरु संघ सरकारले बढि नै बजेटको व्यवस्था गरेको पाएका छौ । यो चाँहि अलि सिस्टमेटिक भएन भन्ने हामीले फिल गरेका छौ । तैपनि केहि योजनामा बजेटहरु भित्रिएका त छन् ।

प्रश्नः बजेट वितरणमा आफ्ना मान्छे हेरिने, आफ्ना कार्यकर्ता भएको तिर बढि बजेट र योजनाहरु पारिने देशभरकै समस्या छ बेसीशहर नगरपालिकामा पनि त्यस्तै गर्ने गरिन्छ ?
हामी ठ्याक्कै सुत्र नै त भनि नहालौ तर एउटा यस्तो त्यस्तो नियम बनाएका छौ । हामी कुनै राजनीतिक आग्रह पुर्वाग्रह विना धेरै पाउने वडालाई ७३ लाख र थोरै पाउने वडालाई ६० लाख रुपैया दिने गरेका छौ । ति रकमले जहाँ जहाँ सम्बोधन हुन सक्छ ठिक छ नसक्ने योजनामा त्यहाँका जनप्रतिनिधिरु , मेयर उपमेयरसग सल्लाह गरेर नगरपालिकाबाट बजेट थप गर्छौ र जनतालाई बिकासमा नगरपालिकाले भेदभाव गरेको छैन भन्ने फिल गराउन लागेका छौ ।

प्रश्नः म्याम देशभरका स्थानिय निकायहरुमा बिशेषत उप प्रमुख र उपाध्यक्षहरु अत्याधिक महिलाहरु हुनुभएको सबैलाई थाहा भएको कुरा हो र के गुनासो सुन्न पाईन्छ भने महिला भएको कारण उप प्रमुख र उपाध्यक्षलाई कामै गर्न दिईएन डोमिनेट गरियो बेसीशहर नगरपालिकामा के फिल गरिरहनुभएको छ तपाईले ?

खै मलाई त डोमिनेट गरेको त्यस्तो केहि अनुभव त गर्न पाएकै छैन । काम गर्ने नै हो भने त उप प्रमुख उपाध्यक्षहरुको पनि धेरै छ काम । स्थानिय सरकार संचालन ऐन २०७४ लाई आधार मानेर काम गर्ने हो , त्यसलाई पल्टाएर हेर्ने हो भने हामीले गर्नुपर्ने कामहरु धेरै नै छन् जुन काम गर्न मलाई भ्याई नभ्याई छ । दिनरात काम गर्दा पनि उप प्रमुखले गर्नुपर्ने काम कहिलेकाँहि त अझै गर्न सकेको नै छैन । बेसीशहर नगरपालिकामा मेयर साबले पनि सहयोग गरिरहनुभएको छ राम्रो कोअर्डिनेशन भएकोले होला सजिलो नै छ । उप मेयर उपाध्यक्षको काम नै छैन भन्ने कुरा चाँहि कत्ति पनि साँचो होईन ।

(सरोकारवाला निकायका पदाधिकारीहरुसग छलफलमा उप प्रमुख पदमा गुरुङ्ग)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्