काबुलको शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट कम्तीमा १८ को मृत्यु

  • ख-
  • ख+

एजेन्सी । काबुल — अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो निजी रुपमा सञ्चालित शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट गराइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । उक्त केन्द्रमा सयौँ विद्यार्थी पढ्ने गर्थे ।
विस्फोटमा परी घाइते भएकालाई अस्पताल लगिएको छ भने मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । विस्फोटको जिम्मा सामाजिक सञ्जालबाट चरमपन्थी समूह इस्लामिक स्टेटले लिए पनि आधिकारिक प्रमाण भने उपलब्ध गराएको छैन ।

त्यसअघि तालिबान समूहले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको थियो । अफगान आन्तरिक मन्त्रालयका अनुसार एक जना आत्मघाती आक्रमणकारी शैक्षिक केन्द्रमा पस्न खोज्दा सुरक्षा गार्डले रोकेपछि बम विस्फोट गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्