आफ्नो हराएको मोबाइल गुगल म्यापबाट यसरी खोज्नुहोस्

  • ख-
  • ख+

स्मार्टफोन हाम्रो जिन्दगीको अहम् हिस्सा बनिसकेको छ ।

मान्छेले आफ्नो जीवनको आधा हिस्सा मोबाइललाई बनाइसकेका छन् ।

मोबाइल धेरैले प्रयोग गर्दै आए पनि यसको जतन गर्न भने कति चुकेका हुन्छन् ।

मोबाइल हरायो भने त्यसलाई खोजी गर्न सकिन्छ भन्ने पनि कमैलाई थाहा हुन्छ ।

एप्पल प्रयोगकर्तालाई एप्पलले ‘फाइन्ड माइ फोन’ को सुविधा दिएको हुन्छ ।

यस्तै एन्ड्रोइडले ‘फाइन्ड योर फोन’ फिचर दिएको हुन्छ ।

यो फिचरलाई सक्रिय बनाउँदा यो फोन भेटिन सक्ने सम्भावना हुन्छ ।

गुगल म्याप्सको मद्दतबाट आफ्नो फोन कहाँ छ भन्ने थाहा पाउन सकिन्छ ।

लोकेसन ट्रयाक गरेर फोन भेट्याउन तपाईंले खासै केही गर्नु पनि पर्दैन ।

गुगल म्यापको मद्दतबाट हराएको फोन खोजी गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईंसँग मोबाइल, ल्यापटप या कम्प्युटर हुनुपर्छ, जसमा इन्टरनेट पनि हुनुपर्छ ।

तपाईंले इन्टरनेट ब्राउजरमा मा जानुपर्ने हुन्छ । त्यसपछि गुगल म्याप खुल्नेछ ।

त्यसमा तपाईंले गुगल आइडी हान्नुपर्ने हुन्छ । त्यसमा हराएको एन्ड्रोइड फोनमा राखेको गुगल आइडी नै हान्नुपर्ने हुन्छ ।

आइडी ‘साइन इन’ हुनासाथ दायाँतर्फ ३ वटा थोप्लो दिएको हुन्छ । त्यसमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि तपाईं ‘योर टाइमलाइन’ अप्सनमा जानुपर्ने हुन्छ । त्यहाँ तपाईंले वर्ष, महिना र दिन राख्नुपर्ने हुन्छ, जुन दिन तपाईंको मोबाइल हराएको थियो ।

यसका लागि तपाईंले गुगल म्याप एप पनि प्रयोग गर्न सक्नुहुन्छ ।

गुगल म्यापमा पनि तपाईंले हराएको मोबाइलमा राखेको जिमेल खाता नै राख्नुपर्ने हुन्छ ।

हराएको मोबाइलमा लोकेसन फिचर अन हुनासाथ यो फिचरले काम गर्नेछ र तपाईंले आफ्नो फोन कहाँ छ भनेर लोकेसनका आधारमा थाहा पाउनुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्