प्रधानन्त्रीलाई बाबुरामको प्रश्न – ठूला भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?

  • ख-
  • ख+

जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुढीगण्डकी, एनसेल, यति ओम्नी जस्ता भ्रष्टाचार छानबिन गर्न कसले रोकेको भनी प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले आजै अर्बौं बाँडेर खाने हर्कत हामी गर्दैनौं भनेका थिए । ६५ औं प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सरकार सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको भन्दै प्रतिरक्षा गरेका थिए ।

डा. भट्टराईले धेरै अघिदेखि बुढीगण्डकीमा भ्रष्टाचार गरेर ओली, प्रचण्ड र देउवाले अर्बौं कमाएको आरोप लगाउँदै आएका छन् ।

त्यही सन्दर्भमा ओलीले सरकारको प्रतिरक्षा गरेपछि भट्टराईले त्यसको जवाफ दिएका छन् ।

शुक्रवार एक ट्वीट गर्दै भट्टराईले भने, ‘भ्रष्टाचारप्रति साँच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय/निष्पक्ष छानबिन गर्न कसले रोकेको हो त ? कुराले हैन काम गरेर देखाउनोस् ! नत्र ढाँटको कुरा खाई पत्याउनु…!’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्