सडकमा घन्केको नाराको अर्थ र मर्म

  • ख-
  • ख+

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने केन्द्रसरकारको लक्ष्य सहित सोमवार नेपालभर सातै प्रदेशमा एकैपटक ३९६ आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । सरकारले यसरी प्रचार गरिरहेको छ अब त स्वस्थ्य क्षेत्रमा कायापलट हुनेछ । एकैपटक यति धेरै संख्यामा अस्पतालहरु खुल्दा त्यसलाई सरकारात्मक मान्न सकिन्छ । वर्तमान सरकारले मात्र होईन अघिल्ला सरकारले पनि आफुले गरेका कामहरुको जोडतोडका साथ प्रचार गथ्र्यो । सरकारी मिडिया, सरकारका पछाडि पछाडि दौडने चौथो अंगहरुले जोडतोडका साथ ओहो अब देश त सिगांपुर नै बन्यो, नेपालीहरु अब धनि हुने भयो भन्ने राग अलापिरहन्थे ।


राणाकाल र पंचायति काल त कालरात्री नै भए तिनका कुरै नगरौ, प्रजातन्त्र लोकतन्त्र आयो हामी असाध्यै भाग्यमानी छौ । हिजो आँखा उठाएर सामन्ती राजसंस्थाका प्रतिनिधिहरुलाई हेर्न नसक्ने हामी आज ढुक्कसग पूर्व सामन्तहरुलाई मात्र होईन पूर्व युवराज पारसले मोटरसाईकलमा केटी बोकेर हिड्दा उस्लाई तथान ननाम गाली गरेर आफु दोवाटोमा बसेर केटि जिस्क्याउन पाएका छौ । अनि भन्न पाएका छौ ज्ञानेन्द्र यस्तो ज्ञानेन्द्र उस्तो खत्तम यार । यहि त हो लोकतन्त्र भनेको , यहि त हो लोकतन्त्रको एउटा गहना ।
नेपालीको मन मनमा घुसेको लोकतन्त्रको अब कुनै विकल्प नै छैन अब पनि ज्ञानेन्द्रको शासन काल फर्कन्छ भन्ने कसैले कल्पना गरेको छ भने त्यो दुस्वप्न मात्र हुन जान्छ भन्ने धेरै बुद्धिजिवीहरुको सोचाई छ तर कास्टिगंहरु खासै त्यस्तो देखिएका छैनन् ।


राजतन्त्रको अन्त्य भएपश्चात रातिको समयमा ट्रकहरुमा आफ्नो सामान कोचर बाध्यताले हाँसि हाँसि निस्केका पूर्व राजा ज्ञानेन्द्र पो ठिक रहेछन् कि ? आज प्रधानमन्त्रीको त कुरै नगरौ एउटा वडा अध्यक्ष पनि आफुले पाएको पद छोड्न चाहदैन त्यस्ले गर्दा पनि तपाईहरुप्रतिको वितृष्णाले गर्दा ज्ञानेन्द्र राजसंस्थाप्रतिको आर्कषण होईन त्यो संस्कारप्रति लगाव त बढिरहेको छैन नेपाली नेतागणहरुले सोच्ने बेला भएको छ ।


जनताले प्रजातन्त्र र लोकतन्त्र नामक फिल्म हेरिसकेका छन् त्यस्मा देखिएका हिरोहरु आफुलाई हिरो सावित गर्न सकिरहेका छैनन् । उनीहरु केवल जनतालाई बैदेशिक ऋणको भारि बोकाएर केवल झुटा आश्वासन तपाई स्वस्थ्य सेवा दिन्छु, नि : शुल्क शिक्षा दिन्छु , न्याय दिन्छु, रोजगारी दिन्छु भन्दै झुलाएर आफ्ना छोराछोरी, सालासाली, भाई भतिजा, सम्धि सम्धिनीको नजरमा हिरो बनिरहेका छन् । जनता आफ्नै समस्यामा रुमल्लीरहेको भएपनि विचार गरिरहेको छन् हिजो हात्ती छाप चप्पल किन्ने हैसियत नभएका नेताहरुको अरु केहि कमाई छैन, छोराछोरी बेरोजगार छन् तर उनीहरुकै काठमाण्डौंमा घरबंगला बनेका छन् , जग्गा थपिएको थपियै छ कसरी ? हिजो तत्कालिन राजाले आफ्नी छोरीलाई दाईजो दिएको घर, जग्गाजमिन सरकारले खोस्दा चुक्क नबोल्ने जनता भोली नेताको त्यो कमाई सरकारले खोस्न खोज्दा पनि बोल्दैन भन्ने के ग्यारेन्टि छ र ?


लाउडाकाण्ड होस् वा धमिजा काण्ड, यति काण्डहोस् या घरबेटी काण्ड, ७० करोड काण्ड होस् कि वाईडवडि काण्ड, संसद खरिद बिक्री काण्ड होस् कि घोर निरंकुश पूर्व राजा महेन्द्रले निर्माण गरेका कलकारखानाहरु कौडिको भाउमा बिदेशीको ईशारामा बेचेका काण्ड, कोशी, गण्डकी, महाकाली सन्धि होस् या अरुण तेश्रो काण्ड या त विदेशीहरुको ईशारामा पटक पटक गरिने सत्ता परिवर्तनका काण्डहरु । जनताका मनमा गडेका छन्, सिहदरवारको अधिकार गाउँ गाउँमा भनिएको छ करको रकमभन्दा अरु खासै के बढेको छ र ? सेवा र सुविधा पनि त बढेको छ त्यो पक्का हो कर बढाएर बढेको हो नि त्यसलाई पनि सुविधा बढेको भन्ने ? संसारको नियम नै छ नि धेरै पैसा तिरे फाईभ स्टार होटलको सेवा सुविधा पाईन्छ गोजीमा सुक्को छैन भने फुटपाथमा बस्नुपर्छ । हामी नेपाली जनता त फाईभ स्टार त नभनौ टु स्टार थ्री स्टारको शुल्क तिरेर फुटपाथको सेवा पाईरहेका छौ नि होईन र ? जनताले तिरेको कर खाएर जीवन गुजारा गर्ने, घर घडेरी जोड्ने अनि ति जनतालाई ऋणको भारि मात्र बोकाएर छोड्ने ? खोई जनताले तिरेको करबाट सास धानेर, चिल्लो गाडीमा हुईकिएर जनताप्रतिको लोयल्टी ?
हामी स्वतन्त्र भएका छौ राणाशासन पंचायतको एकदलिय तानशाहबाट मुक्ति पाएका छौ त्यस्को लागि अहिलेका राजनितिक दलहरुको अमुल्य योगदान छ यस्को मतलब यो हैन कि नेता धनी भईरहनु पर्ने जनता गरिब नै भईरहनु पर्ने ? नेताले सरकारी ढुकुटीबाट करोडौ खर्च गराएर उपचार गराउन पाउने जनता एउटा सिटामोलको लागि तड्पिनु पर्ने ?
शुभ सोचौ सोमबार देशभर शिलन्यास भएका अस्पतालहरुले राम्रो सेवा र सुविधा देलान् तर मेरो मन्द बुद्धिले नबुझेको प्रश्न तनहूँ जिल्लाको सदरमुकामा दमौली बजारमा हेल्थपोष्ट चौर नजिकै जिल्ला अस्पताल छ सरकार फेरिए, व्यवस्थापन समिति फेरिए, सबैले आ आफ्ना कार्यकर्ता भर्ति गदै तिनलाई कर्मचारी बनाईए त्यो अस्पतालमा त अझै सरकारले निःशुल्क वितरण गर्नु भनेकोे औषधी सिटामोल, जीवनजल पाउनको लागि रुनुपर्ने अवस्था छ जनताले कसरी त्यो रुकुम, त्योे रोल्पाका जनताले अहिले खुलेका अस्पतालबाट सेवा सुविधा पाउलान् ? दशकौसम्म जिल्लाको सदरमुकाममा रहेको एउटा अस्पतालको त यस्तो दुदर्शा छ त्यसलाई दशकौसम्म त सुधार्न सकिएको छैन अब कसरी ३९६ अस्पतालको शिलन्यास हुदाँ ढुक्क हुँ भनेर मनमनै प्रश्न गरिरहेको छ नेपाली समाजले ।


प्रोफाईल र वर्किगं हिष्ट्रि नै विश्वास लाग्दो छैन, त्यस्को लागि बनाउनुपर्यो नि विश्वास लाग्दो वातावरण, तब मात्र व्यवस्था र नेताप्रति जनताको आशा र भरोसा जाग्नेछ । तबमात्र सडकमा आएकालाई जनताले राजतन्त्र मुर्दावाद भनेर लखेट्नेछन् । नत्र यस्तै हो नेताज्युहरु तपाईले आफ्नो मात्र घर बनाउनुभयो जनताको लागि ऋणको भारि मात्र बोकाउनु भयो भने जनता त आज नजागे भोलि जाग्नेछन् र कुनै दिन कुण्ठा पोख्नेछन् र भन्नेछन् “हिजो ज्ञानेन्द्र .. मुर्दावाद भनेर नारा लगाएर पाप गरेको रहेछु आज त्यो पाप पखाल्न राजतन्त्र जिन्दावाद भन्दैछु, नव सामन्तका सोच लिने मान्छेहरुभन्दा त त्यहि पुरानो राजा नै ठिक । ”

विद्रोहको लागि केहि ठुलो कुरा नै चाहिदैन एउटा सलाईको काँटीले पनि सारा शहर ध्वस्त बनाउन सक्छ अहिले पोखरा, नेपालगंज काठमाण्डौतिर आगोका साना साना झिल्काहरु देखिईरहेका छन् ढिलो भएपनि समय गुज्रिसकेको छैन आशा त छ सुझबुझ पुर्ण निर्णय गरेर नेताहरुले त्यस्तो दिन कहिल्यै आउन दिनुहुनेछैन । सडकमा आफ्नो हालिमुहाली विरुद्ध लाग्ने नारालाई प्रतिकृयावादी नारामात्र नसोचिकन त्यस्को मर्म र अर्थ बुझेर आफ्ना गल्ती र कमजोरीहरु सच्याएर अगाडि बढ्नुहुनेछ यसो गर्न सक्नुभएन भने तपाईहरु र शाहवंहिय अन्तिम राजा ज्ञानेन्द्र बिच के फरक रहन्छ र ?
(तस्विरः सन्तोष राजावादीको फेसबुकवालबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?