तनहूँ । रिविल्ड नेपाल एजुकेशन फाउण्डेशनले व्यास नगरपालिकाका वडा नंं ४ का २ विद्यालयका विद्यार्थीहरुलाई १ बर्षे छात्रवृत्ति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनले सिमलटारको रामज्योति बोर्डिगं स्कुलमा अध्ययनरत गरिव तथा जेहेन्दार १२ जना विद्यार्थीहरुको लागि बार्षिक शुल्क बराबरको छात्रवृत्ति रकम र व्यास ४ बाघभन्ज्यागंको वेदव्यास प्रा.वि. मा अध्ययनरत ४२ जना विद्यार्थीहरुको लागि व्याग, कापी , कलम लगायतका शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको छ । फाउण्डेशनका संस्थापक इर्नेष्ट स्चिलरले विद्यार्थीहरुलाई सहयोग हस्तान्त्रण गर्दै आउदा दिनहरुमा पनि आफ्नो फाउण्डेशनले सहयोगलाई निरन्तरता दिने बताउनुभएको थियो ।
गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई १ बर्षको छात्रवृत्ति तथा शैक्षिक सामाग्रीहरु वितरण गरेर संस्थाले विद्यार्थीहरुलाई ठुलो गुन लगाएको विरता टोल विकास संस्थाका अध्यक्ष एवं उक्त कार्यक्रम ल्याउन बिशेष भुमिका खेल्नुहुने सरोज बस्नेतले बताउनुभएको थियो ।
कार्यक्रममा व्यास ४ का वडा अध्यक्ष मनबहादुर गुरुगं, निवर्तमान् वडा सदस्यहरु बसुन्धरा घर्ति तथा पदमबहादुर सापकोटाको पनि उपस्थिति रहेको थियो ।
फाउण्डेशनले अघिल्लो बर्ष पनि रामज्योति बोर्डिगं स्कुलमा पढ्ने ७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो ।









