ईन्जिनियर श्रीराम न्यौपानेद्वारा तनहुँ नाहालाको बिष्णु मा. वि. लाई स्मार्ट बोर्ड हस्तान्तरण

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । ईन्जिनियर श्रीराम न्यौपानेले दिए तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ नाहालाको बिष्णु मा. वि. लाई स्मार्ट बोर्ड तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । ईन्जिनियर न्यौपानेले बिष्णु मा.वि. को आज आयोजित बार्षिकउत्सवमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा स्मार्ट बोर्ड हस्तान्तरण गर्दै ईन्जिनियर न्यौपानेले सरकारले बिद्यार्थीलाई २१ अौं शताब्दी सुहाउँदो शिक्षा दिन देशभरका कक्षा १० र क्रमशः अन्य कक्षालाई स्मार्टबोर्ड युक्त बनाउनुपर्ने बताएका थिए । साथै ईन्जिनियर न्यौपानेले आफुले आगामी ५ बर्षभित्र तनहुँका विद्यालयका कक्षा १० लाई स्मार्ट बोर्ड युक्त बनाउने बताएका थिए ।
ईन्जिनियर न्यौपानेले यसभन्दा अघि तनहुँका रिसिङ्ग, घिरिङ्ग, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी, व्यास नगरपालिका र कास्कीको मादी गाउँपालिकाका १५ वटा सरकारी विद्यालयमा स्मार्ट बोर्ड तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिसकेका छन् । साथै विगत २१ बर्षदेखि समाजिक काममा सक्रिय तनहुँका बासिन्दा ईन्जिनियर न्यौपानेले पछिल्लो समय ह्विल चेयर तथा स्ट्रेचर पनि वितरण गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?