रुम टु रिड तनहूँको ४ दिने पुर्नताजगी तालिम सम्पन्न

  • ख-
  • ख+

तनहूँ । तनहूँका विभिन्न १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न सेवाहरु प्रदान गरिरहेको संस्था रुम टु रिडले आफ्नो संस्थामा कार्यरत सामाजिक परिचालिकाहरुलाई पुर्नताजगी तालिम सम्पन्न गरेको छ । तनहूँ दमौलीको होटल प्याराडाईजमा गरिएको उक्त पुर्नताजगी तालिममा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई जीवन उपयोगी सिप तालिम, मेन्टेरिगं, परिवार , विद्यालय र समुदायसगको संलग्नता बिषयमा तालिम प्रदान गरिएको थियो ।

‘सन् २०१८ देखि संचालित रुम टु रिडको कार्यक्रममा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी संख्याको आधारमा सामाजिक परिचालिकाहरु खटाईने गरेको र ति सामाजिक परिचालिकाहरुको क्षमता बृद्धिको लागि पनि यस्ता तालिमहरु दिने गरेको” रुम टु रिडका फिल्ड प्रोग्राम मेनेजर दिनेश पोखरेलले बताउनुभएको छ । साथै ”विद्यालयमा गरिरहेको काममा ग्याप सुधार गर्न र अपडेट हुनको लागि सामाजिक परिचालकाहरुलाई तालिम आवश्यक रहेको” पनि बताउनुभएको थियो ।

”सामुदायिक विद्यालयमा बालिकाहरुलाई जिवन उपयोगी सिप तालिम प्रदान गरि उनीहरुमा आएको समस्या उनीहरु आफैले समाधान गर्न लागि मेन्टेरिगं गरि मार्गदर्शन गर्न , शैक्षिक सामाग्री सहयोग, अभिभावक कार्यशाला गरि बालिकाहरुलाई कम्तिमा पनि १२ कक्षा उर्तिण गराउने लक्ष्य राखेको यस बालिका शिक्षा कार्यक्रम निकै लाभदायक भएको” कार्यक्रममा सहभागी सामाजिक परिचालिका कला बिमलीले बताउनुभएको थियो ।

४ दिनसम्म चलेको उक्त पुर्नताजगी तालिममा रुम टु रिडका फिल्ड प्रोग्राम मेनेजर दिनेश पोखरेल, प्रोग्राम अफिसर नित्यानन्द पाण्डे, कार्यक्रम सहायकहरु मन्जु लोहनी, मिना मझकोटी, हेमा गौतम र २० जना सामाजिक परिचालिकाहरुको उपस्थिति रहेको थियो ।

(रुम टु रिडका फिल्ड प्रोग्राम मेनेजर दिनेश पोखरेल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्