कृषि अनुदान सहयोग दुरुपयोग छैन भन्दा पनि हुन्छ : डा. बालकुमार श्रेष्ठ, प्रमुख भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,तनहूँ

  • ख-
  • ख+

तनहूँ / कृषिप्रधान देश नेपालमा पछिल्लो समय बैदेशिक रोजगारीको बढ्दो अवस्था र गाँउ छोडेर शहर पस्ने क्रम तिब्र भएसगै खेतिपाति गर्ने मानिसहरुको कमि भएको छ । आजकल खेतियोग्य धेरै जमिनहरु बाँझो भएका छन् तर कोरोना महामारीले मानिसलाई गाँउमा नै फर्काएपछि नजाँनिदो किसिमले खेतिपाति तथा पशुपालनतर्फ मानिसहरुको आर्कषण बढेको छ । सरकारले पनि किसानहरुलाई सहज होस् भन्ने मनसायले किसानलाई प्रोत्साहन गरिरहेको छ त्यस्तै प्रोत्साहन हो कृषकलाई अनुदान सहयोग । तनहूँ जिल्लामा पनि सम्बन्धित कार्यालयले अनुदान लिन चाहने किसानले सम्पर्क राख्न सूचना प्रकाशित गरेपछि सयौंको संख्यामा निवेदनहरु परेका छन् त्यसैक्रममा अनुदान सहयोग माग गर्ने किसानको कृषि तथा पशु फर्मको वस्तुस्थिति अनुगमन गर्न निस्कनुभएका भेटनरी तथा पशु सेवा केन्द्र तनहूँका प्रमुख डक्टर बालकुमार श्रेष्ठसग गरिएकोे कुराकानी:
प्रश्नः तपाईहरु अनुदान माग गर्ने किसानहरुको फर्महरुको अनुगमन गर्न निस्कनु भएको छ कस्तो पाउनुभएको समग्रमा अवस्था ?
उत्तरः समग्ररुपमा हेर्ने हो तनहूँ जिल्लामा किसानलाई भने व्यवसायिकरुपमा बढ्ने किसानहरु एकदमै धेरै हुनुहुन्छ , फर्म दर्ता गरेर कृषि तथा पशुपालन गर्नेको संख्या बढेको छ तिनीहरुलाई हाम्रो कार्यालयको कार्यक्रमले कसरी सर्पोट गर्ने हो हामी अगाडि बढिरहेका छौ तर कार्यालयको कार्यक्रमले सबै किसानलाई सर्पोट गर्न सक्ने अवस्था त रहदैन तथापि बिस्तारै केहि न केहि रुपमा सर्पोट गर्ने प्रयासमा छौ ।
प्रश्नः सरकारको अनुदान कार्यक्रममा पनि पहुँच भएकाले मात्र पाउने किसानहरुले नपाएको गुनासो सुनिन्छ यस्मा कत्तिको सत्यता छ ?
उत्तरः हाम्रो जिल्लाको हकमा पहिला पहिला त्यस्तो भएको भन्ने सुनिराछौ तर अहिले के छ भने हामी प्रत्येक किसानको घरमा गएर वहाँहरुले गरेको काम कृयाकलापहरु अनुगमन गरेपछि मात्र वहाँहरुलाई अनुदान दिनु उचित हुन्छ कि हुदैन अथवा त्यस्तो कार्यक्रम पाउन वहाँहरु योग्य हुनुहुन्छ कि हुदैन त्यो हिसावले अनुगमन गरेका छौ । अहिले त संघियताले गर्दा पालिकाहरु छन् वडा कार्यालयहरु छन् त्यहाँ हाम्रा कार्यालयका शाखाहरु छन् वहाँहरुले निरन्तर हेरिरहनुहुन्छ, हामी हेर्छौ त्यो हिसावले गर्दा कहि कतैबाट दुररुपयोग भईरहेको र गलत मान्छेले अनुदान पाईरहेको अत्यन्तै न्युन छ र हाम्रो कार्यालयबाट त्यो त छदैछैन भन्दापनि हुन्छ ।
प्रश्नः कोरोनाको कारण लकडाउन भएको कारण कृषि पेशा, पशुपालन पेशाप्रति मानिसहरुको निकै नै लगाव बढेको भन्ने सुनिन्छ यहाँहरु अनुगमनमा हिड्दा कस्ता पाउनुहुन्छ अवस्था ?
उत्तरः हाम्रो जिल्लाका १० वटा पालिका छन् त्यहाँबाट अनुदान माग गर्दै साढे ४ सयभन्दा बढि प्रस्तावहरु आएका छन्् तर हाम्रा कार्यक्रमहरु त न्युन छन् तथापि किसानहरु यसरी आईरहनुभाछ भने पछि वहाँहरुले केहि न केहि त गर्न खोजिरहनुभएको छ , कोभिडको माहामारीले गर्दा देशमै केहि कृषि पेशा तथा पशुपालन गरौ भनेर बिशेषगरि युवाहरु आईरहनुभाछ त्यस्लाई हामीले सकारात्मक मान्नुपर्छ र हामीले पनि त्यहि हिसावले वहाँहरुलाई वस्तुगत अनुदान कुराहरुमात्र नभएर प्राविधिक सेवामात्र पुर्याउन सकेउ भने यसले राम्रो गर्छ हामीलाई विश्वास छ ।
प्रश्नः अहिले किसानहरु कस्तो किसिमको भेटिन्छ बढि खेतिकिसान गर्ने कि पशुपालन गर्न खोज्ने ? अनुगमनमा हिड्दा र अनुभवले तनहूँ जिल्लालाई कस्तो किसिमको पकेट एरिया बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ ?
उत्तरः कृषि पेशा तथा खेतिवाली त गरिराखेकै छन् , अहिले चाँहि व्यवसायिक रुपमा किसानहरु पशुपंक्षि पालनतर्फ बढि आर्कषित भएको पाईरहेका छौ, त्यहि अनुसार आम्दानि पनि पशुपालनबाट भईरहेको पाईरहेका छौ । यो फर्म दर्ता गर्ने र व्यवसायिकरुपमा पशुपालन गर्ने बढि नै पाईरहेका छौ ।
प्रश्नः कोरोना र लकडाउनको प्रभावले होला अहिले दुईचार वटा कुखुरा नपाल्ने घर फेला पार्न गारो भईरहेको छ, तपाईले बजार हेर्नुभएको छ अनि किसानले बजार बिचार गरेको पाउनुहुन्छ कि छैन ?
उत्तरः व्यवसायिकरुपमा गर्ने किसानलाई चाँहि बजारको समस्या हो, हाम्रो कार्यालयले मात्र सबै सम्बोधन गर्न सक्ने अवस्था पनि हुदैन बजारको लागि सम्पूर्ण संघ, प्रदेश सबैले हेर्नुपर्छ , केहि कमोडिज्हरुमा बजार नपाईरहेको अवस्थामा चाँहि छ , बिशेष गरि पोल्ट्रि उत्पादनहरुले व्यवस्थित बजार नपाईरहेको अवस्था हो त्यसमा चाँहि सरकारको तर्फबाट केहि बजारिकरणका केहि कार्यक्रमहरु छन् तर ति पूर्ण चाँहि छैनन् , अझै धेरै गर्नुपर्नेछ ।
प्रश्नः बजार नपाएको कारणले अहिले कृषि तथा पशुपालन पेशा तर्फ आर्कषित किसानहरु विस्थापित हुन सक्ने कत्तिको सम्भावनाहरु देख्नुहुन्छ ?
उत्तरः छन् जस्तै पोल्ट्रिहरुमा चाँहि बजार नपाएको ठ्याक्कै भन्न त मिल्दैन तर उचित मुल्यहरु नपाएको अवस्थामा व्यवसाय मुनाफा योग्य नभएको अवस्थामा छोड्न सक्ने प्रशस्त किसानहरु देखिन्छ ।

(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्