व्यास १० को चण्डिदेवी राष्ट्रिय मा.वि.मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ख-
  • ख+

१९ असोज । तनहूँ व्यास १० कुमलटारीको चण्डिदेवी राष्ट्रिय मा.वि.अन्तर्गतको युवा रेडक्रस सर्कलले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सर्कलकी अध्यक्ष रोशनी कुवरको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगतामा ”एल्लो हाउस प्रथम, ग्रीन हाउस द्धितिय र रेड हाउस तृतिय भएको” शिक्षक नायक यमप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । प्रतियोगितामा विद्यार्थीहरुलाई अन्य अन्तरसदनात्मक कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको उक्त हाजिरी जवाफ प्रतियोगितामा अन्य प्रतियोगिताभन्दा फरक सामाजिक, नेपाली र मेरो सेरोफेरो बिषयका प्रश्नहरु सोधिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा संरक्षक रामचन्द्र पोखरेलले ”सर्कलले गरेका कामहरु अत्यन्त पृथक रहेको र हालसम्म अंग्रेजी माध्यमलाई मात्र प्रोत्साहन दिदै आएकोमा यस खालको हाजिरी जवाफ कार्यक्रमले विद्यार्थीहरुलई थप उर्जा मिल्नुका साथै आफ्नो राष्ट्रिय भाषामा दख्खल राख्न टेवा पुग्ने” बताउनुभएको थियो । त्यसैगरि विद्यालयका सहायक प्रधानाध्यापक गोकुल थापाले ”युवा रेडक्रस सर्कले गरेका कामहरुको प्रशंसा गर्न आफुसग कुनै शब्द नभएको र आगामी दिनमा पनि सर्कलका कामहरुमा आफुले सधै साथ र सहयोग रहने” बताउनुभएको थियो ।
पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा विद्यालयमा हुने अतिरिक्त कृयाकलायमा बिशेष चासो दिएर खटिरहनुहुने शिक्षक लक्ष्मी पौडेल र विद्यार्थी स्नेहा परियारलाई पनि सम्मान गरिएको थियो ।
”सर्कलको सकृयतामा भएको उक्त कार्यक्रममा अतिरिक्त कृयाकलाप संयोजक शान्ता बास्तोला, भवनाथ गौतम, शिक्षक सह नायक प्रमिला अधिकारीले बोल्नुभएको” शिक्षक नायक यमप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्