सर्वज्योति मा.वि. को ४२ औं बार्षिक उत्सव सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

५ माघ । तनहुँ । व्यास नगरपालिका वडा नं. १० सेवरको श्री सर्वज्योति माध्यमिक विद्यालयको ४२ औं बार्षिक उत्सव सम्पन्न भएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यता भएको कार्यक्रम प्रमुख अतिथि न्यौपानेले विद्यालयको स्तरोन्नतिको लागि व्यास नगरपालिका सधै साथमा रहने बताउनुभएको थियो ।
कार्यक्रममा व्यास १० का वडा अध्यक्ष खेमराज पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेल लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।
विद्यालयकी सहायक प्रधानाध्यापक मनु सापकोटाले संचालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरत काफ्ले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रर्दशनीका साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्