विनयराज पौडेलको निर्देशनमा ”आम नागरिक” चलचित्र बन्दै

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । विनयराज पौडेलको निर्देशनमा ”आम नागरिक” चलचित्र निर्माण हुने भएको छ । केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा चलचित्र आम नागरिक बन्ने भएको हो।

बिहीबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको छ । पोस्टरमा पुरुष कलाकारले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ।

पौडेलको डेब्यू निर्देशकिय रहने फिल्मको कलाकारहरूको हाल धमाधम छ्नोटका काम भइरहेको छ।

पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने फिल्ममा उग्रशन ढुंगाना र राजेन्द्र दुलाल निर्माता रहने छन्। फिल्मको आगामी वैशाखदेखि छायांकन हुनेछ। फिल्मको लेखन पनि स्वम निर्देशककै रहेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्