काठमाडौं । लोककथालाई आधुनिक रंगमञ्चीय भाषामा प्रस्तुत गर्ने उद्देश्यसहित छायाँ कठपुतली नाटक ‘खरायो र कछुवा’ राजधानीमा मञ्चन हुने भएको छ। एक थिएटर नेपालको प्रस्तुतिमा तयार भएको यस नाटकले परम्परागत कथालाई छायाँ प्रविधि, प्रकाश, संगीत र गतिका माध्यमबाट नयाँ रूप दिएको छ। धैर्य, निरन्तरता र अहंकारबीचको द्वन्द्वलाई केन्द्रमा राखिएको नाटकले दर्शकमाझ “कसले जित्छ ?” भन्ने प्रश्नमार्फत कथाको साक्षी बन्न आमन्त्रण गर्छ। दृश्यात्मक प्रभाव र कलात्मक कठपुतली प्रयोगमार्फत नाटकले बालबालिकादेखि अभिभावकसम्म सबै उमेर समूहलाई लक्षित गरेको छ। अनिल सुब्बाको निर्देशन रहेको यस नाटकमा सौजन सेनेहाङ्ग , सन्जित थुलुङ , अजय लामा , शिशिर गिरि , नुमा राई , आकाश सुहाङ लिम्बू , र रमिता राई को अभिनय रहनेछ साथै प्रत्यक्ष संगीत भने प्रवृती राईको रहेको छ । नाटक पुस २५ गतेदेखि माघ ५ गतेसम्म एक थिएटर स्टुडियो, मध्य–बानेश्वरमा नियमित मञ्चन हुनेछ। हरेक दिनको साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।








