गायक योगेन्द्र र गायिका दिपिकाले गाएको डाडैमा बोलको गितकको म्युजिक भिडियो सार्वजनिक

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । तनहुँमा जन्मिएर हाल अमेरिकाको नर्थ क्यारेोलिनामा बस्दै आएका गायक योगेन्द्र गौतम र गायिका दिपिका बायाम्बुको युगल स्वरमा रहेको नयाँ लोक–गीत ‘डाँडैमा’ बोलको गितको म्युजिक  भिडियो  सार्वजनिक गरिएको छ। गीतलाई पवन ओलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक तथा रिलिज गरिएको हो।

पारम्परिक लोकधुनलाई आधुनिक शैलीसँग आकर्षक रूपमा मिसाएर तयार गरिएको गीतमा पहाडी भू–भावना, माया र प्रेमका भावनालाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ।
गीतका शब्द तथा संगीत पवन ओलीकै रहेकाे छ ।

सार्वजनिक भिडियोलाई सुरेश कोईली र जुना विश्वकर्माको आकर्षक अभिनयले अझ प्रभावशाली बनाएको छ।
गीतमा गाउँ–घरको दैनिकी, यात्राको अनुभूति, पहाडको प्राकृतिक सौन्दर्य तथा हल्का रोमान्टिक र रमाइलोपनका पक्षलाई मनछुने शैलीमा समेटिएको छ।

सार्वजनिक हुनुअघि नै सामाजिक सञ्जालमा राम्रो चर्चा कमाइसकेको यस गीतप्रति दर्शक–श्रोता अत्यन्त उत्साहित देखिएका छन् र रिलिजको प्रतीक्षामा रहेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?