पुस्तकमा लमजुङको पर्यटकिय गाउँ ‘घलेगाउँको कथा’

सर्वज्योति
  • ख-
  • ख+

विश्व चर्चामा रहेको लमजुङको पर्यटकिय घलेगाउँ समृद्धिको यात्रालाई समेटेर तयार पारिएको पुस्तक घलेगाउँको कथा बजारमा आएको छ । घलेगाउँलाई पर्यटकिय गन्तव्य बनाउन अभियान शुरु गर्ने प्रेम घलेले घलेगाउँको कथा प्रकाशन गर्नुभएको हो ।

 

लमजुङको पर्यटकिय घलेगाउँको समृद्धिको यात्रामा भएका प्रयास र पहलहरुको अनुभवलाई समेटेर पुस्तक प्रकाशनमा ल्याईएको लेखक प्रेम घलेले बताउनुभयो । आफ्ना शुभेच्छुकहरुको सल्लाह र परामर्शसँगै घलेगाउँको समृद्धि यात्राको विषयमा अध्ययन गर्न चाहाने धेरै व्यक्तीहरुको माग बमोजिम आँफुले पुस्तक प्रकाशनमा ल्याएको लेखक घलेको भनाई छ ।

 

‘घलेगाउँको सफलता स्वदेश तथा विदेशमा भएकाहरुका लागि अध्ययनको विषय बनेको छ’ घलेले भने ‘सोहि माग पुरा गर्न पुस्तक लेखेको हो’

 

घलेगाउँ समृद्धि यात्राका बारेमा धेरै व्यक्तीहरुलाई बताउदा बताउदा पुस्तक प्रकाशनको रुचि बढेको लेखक घलेले बताउनुभयो ।

 

‘घलेगाउँ बनाउने सन्दर्भमा मैले धेरैजना सँग भेट गरेको छु, धेरैजना अझैपनि घलेगाउँ कसरी बन्यो भनेर सोध्नुहुन्छ’ घलेले भन्नुभयो ‘अवै एउटै कुरा सवैलाई कति पटक दोहो¥याउनु रु अव सवैका लागि किताव लेखिएको छ ।’

 

उत्कृष्ट पर्यटकिय गन्तव्य बनेको घलेगाउँ कसरी समृद्ध भयो भन्ने विषयमा आत्मकथा शैलीमा पुस्तक लेखिएको छ । पुस्तकमा घलेगाउँको इतिहास, स्थानिय सँस्कार सस्कृति, गाउँलाई पर्यटकिय गन्तव्य बनाउन भएका प्रयास, सरोकारवालाहरुको सहयोग, गाउँको विकासका निम्ती व्यक्तीले झेल्नुपरेका चुनौतिहरु लगायतका विषयहरुलाई समेटिएको छ ।

‘समृद्धिको यात्रा सहज छैन, घलेगाउँ यसै घलेगाउँ बनेको होईन’ घलेले भन्नुभयो ‘गाउँ बनाउनका लागि मैले धेरै दुःख गरेको छु, तीनै दुःखको संगालो घलेगाउँको कथा हो ।’

ग्रामिण पर्यटन प्रवद्र्धनका निम्ती यसअघि घलेगाउँले महोत्सव गर्ने, म्युजिक भिडियो निर्माण गर्ने, विभिन्न गोष्ठी आयोजना गर्दै आएपनि लिखित दस्तावेजका रुपमा पहिलो पटक पुस्तक प्रकाशन गरेको हो । म्युजिक भिडियो बनाएर हजारौ पर्यटकहरुलाई आकर्षण गरेको घलेगाउँको थप प्रचारप्रसारका लागि घलेगाउँको कथा पुस्तक थप उपयोगी हुने लेखक घलेको विश्वास छ ।

पर्यटन व्यवस्थापन समिति ग्रामिण पर्यटन घलेगाउँले पुस्तक प्रकाशनको भुमिका निर्वाह गरेको छ । सो बाहेक पुस्तक लेखन तथा सम्पादनमा सञ्चारकर्मी प्रदिप पोख्रेल लगायतको विशेष भुमिका रहेको छ ।

पर्यटकिय घलेगाउँको पर्यटन प्रवद्र्धनसँगै नेपालको उत्कृष्ट होमस्टे, दक्षिण एशियाकै नमुना गाउँ हुँदै स्मार्ट भिलेज र सुखी घलेगाउँ घोषणासम्मका नायक प्रेम घलेको अनुभवको संगालो घलेगाउँको कथा पुस्तक पहिलो चरणमा एकहजार प्रति प्रकाशन भएको हो ।

प्रकाशित पुस्तकको औपचारिक विमोचन हुन बाँकी रहेपनि बजारमा विक्रिवितरण भने शुरु भईसकेको छ । हालका लागि बेसीशहरस्थित विद्यार्थी पुस्तक पसलबाट पुस्तक विक्री भईरहेको छ भने पुस्तक अध्ययन गर्न चाहाने व्यक्तीहरुले लेखकसँग सम्पर्क गर्नपनि सक्ने छन् ।

मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्