माघ २२ गते देशभरका हल बन्द गर्ने चलचित्र संघको निर्णय

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जनलगायतका करको विरोधमा माघ २२ गते देशभरका हल बन्द गरिने भएको छ ।

चलचित्र संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै सांकेतिकरूपमा २२ गते एकदिन हल बन्द गर्ने जानकारी गराएका छन् । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको संघको भनाइ छ । चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल भएपनि अहिले १५० हलमात्र सञ्चालनमा रहेको संघले जनाएको छ ।

‘चलचित्र क्षेत्रले विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्