मित्रता मा.वि. सत्रसयफाँटमा आँबुखैरेनी गाउँपालिका स्तरिय शैक्षिक सामाग्री प्रदर्शनी

बाबुराम नेपाली
  • ख-
  • ख+

२६ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको आयोजना श्री मित्रता माध्यमिक विद्यालयको प्राङ्गणमा आँबुखैरेनी गाउँपालिका स्तरिय शैक्षिक सामाग्री प्रदर्शनी मेला – २०८० सम्पन्न भएको छ ।
” पर्यटन, कृषि, उद्यम र पुर्वाधार : सुखी संवृद्ध आँबु खैरेनीको आधार “, ” शिक्षा ,स्वास्थ्य र सामाजिक सुरक्षाको महत्व ; आँबुखैरेनी गाउँपालिकाको दायित्व ” ,”बिज्ञान , प्रविधि र कला को प्रवर्द्धन , आजको युग सुहाउँदो शिक्षाको सम्बोधन ” नारा राखेर गरिएको सो कार्यक्रम आँबुखैरेनी गाउँपालिका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले सन्चालन गर्नुभएको थियो । ३८ वटा विद्यालयका ५०० विद्यार्थी प्रत्यक्ष संलग्न भएको सो कार्यक्रममा छिम्केश्वरी मा. वि.का विद्यार्थीहरुले बनस्पतिमा अन्तर्निहित विद्युत लगायत बिज्ञानका सामाग्री तथा परम्परागत घर तथा ढिकी जाँतोका नमुना प्रदर्शन गर्नुभएको थियो । कन्यादेवी मा.बि. का विद्यार्थी हरुले तयार पार्नुभएको विद्यालय भवन तथा केबुलकार तथा परम्परागत पन्चेबाजाका नमुनाहरु सांच्चै मनमोहक थिए !
श्री चण्डीदेवी आ. वि. का बिद्यार्थीहरुले विद्यालय भवन तथा हस्त निर्मित बाँस तथा काठका घरायसी प्रयोजनका सामाग्री प्रदर्शन गर्नुभएको थियो । श्री अकला आधारभुत विद्यालयका विद्यार्थीहरुले हस्त निर्मित बाँसको तराजुका साथै माटोबाट निर्मित मुर्तिहरु प्रदर्शन गर्नुभएको थियो। मर्स्याङ्दी बालज्योति आवासिय मा. बि.का विद्यार्थीहरुले विभिन्न गणितीय उपकरण , मुटुको कार्य झल्काउने नमुनाका साथै प्राणी र बनस्पति कोष को नमुना प्रदर्शन गर्नुभएको थियो। रामशाह मा का विद्यार्थीहरुले बिभिन्न बास्तुका नमुना , गणितीय उपकरण ,इन्जिनियरिङ्का प्रविधिका साथै स्वचालित रोबोट प्रदर्शन गर्नुभेको थियो ! सो क्रममा उहाँहरुले स्थानिय सामाग्रीको प्रयोग गरेर बनाइएको एक्स्काभेटर प्रदर्शनी कै मुख्य आकर्षण रहेको थियो । मित्रता मा. बि. का विद्यार्थीहरुले बिद्युत उत्पादन गर्ने प्रविधिका साथै हस्त निर्मित बाँस तथा काठका दैनिक उपयोगमा आउने सामाग्री लगायत पानीको माधमबाट घुम्ने रोटे पिङ तथा आधुनिक कृषि प्रविधिहरु प्रस्तुत गर्नुभएको थियो भने उहाँहरुले प्रदर्शन गर्नुभएको चित्रकला कार्यक्रमको अर्को मुख्य आकर्षक रहेको थियो । चण्डेश्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुले विद्यालय भवनको नमुना , नेपाली ब्याकरणको सिर्जनात्मक प्रदर्शनी तथा विभिन्न समुदायका परम्परागत भेषभुषा पनि प्रदर्शनीमा राख्नुभएको थियो । त्यसैगरी आन्नपुर्णा आ.बि. का विद्यार्थी हरुले वास्तुकला तथा बिज्ञानका नमुनाहरु प्रस्तुत गर्नुभएको थियो भने जम्मादेवी आ.वि. का विद्यार्थी हरुले परम्परागत उपकरण ,बिज्ञान तथा ज्यामितिय सामाग्रीको सिर्जनात्मक प्रदर्शनी गर्नुभएको थियो । एच पि मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थीहरुले पिन होल क्यामेरा , पेरिस्कोप लगायत चापको माध्यमबाट स्वचालित पानी आउने धारा प्रदर्शन गर्नुभएको थियो । लक्ष्मी मा. बि. का विद्यार्थीहरुले विभिन्न गणितीय तथा नेपाली ब्याकरण चिनाउने विभिन्न शैक्षिक सामाग्रीका साथै हस्तकलाका सामाग्री र स्वस्थ्य सम्बन्धि चेतनामूलक सामाग्री प्रदर्शन गर्नुभएको थियो । फ्युचर स्टार इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले बिज्ञान प्रविधिका नमुना ,विभित्र बास्तुकलाका नमुना का साथै विभिन्न गणितीय सामाग्रीहरु प्रदर्शनमा राख्नुभएको थियो । , मर्स्याङ्दी आ. बि. का विद्यार्थी हरुले नेपाली र अँग्रेजी व्याकरण सहज तरिकाले सिकाउन सकिने शैक्षिक सामाग्री , वास्तुकला तथा हस्तकलाका नमुना, बिज्ञान तथा भूगोल सम्बन्धि शैक्षिक सामाग्री प्रदर्शन गर्नुभएको थियो भने चन्द्रोदय मा बि का विद्यार्थी हरुले, परम्परागत तथा आधुनिक कृषि प्रविधि , पानीको चक्र लगायतका बिज्ञानका सामाग्रीका साथै हस्तकलाका सामाग्रीहरु प्रदर्शन गर्नुभएको थियो !
मित्रता मा. बि. तथा कन्यादेवी मा बि का विद्यार्थीहरुले ठाडो भाका , झ्याउरे तथा चुड्का नाच प्रस्तुत गर्नुभएको सो कार्यक्रममा आँबु खैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल लगायतका वक्ताहरुले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुभएको थियो ।
सो प्रदर्शनीमा राम शाह मा.बि.ले प्रथम स्थान हासिल गर्‍यो भने मर्स्याङ्दी बालज्योति आ मा बिले द्वितीय र मित्रता मा. बि. ले तृतीय स्थान हासिल गर्न सफल भए भने जम्मा देवी आ बि तथा चण्डेश्वरी आ. बि. ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्