पोखराको कास्की मोडनाइज्ड एकेडेमीको रजत महोत्सव सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । पोखरा १४ चाउथेमा अवस्थीत श्री कास्की मोडनाईज्ड एकेडेमीको आफ्नो रजत महोत्सव, २५ औ अभिभावक दिवस, पुरस्कार वितरण तथा अभिनन्दन समारोह भव्य रुपमा सम्पन्न गर्यो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले निजि स्तरबाट सञ्चालित यो विद्यालय गण्डकी प्रदेशकै नमूना विद्यालय रहेको र यो विद्यालयबाट सामुदायिक विद्यालय लगायत अन्य विद्यालयले धेरै कुरा सिक्नु पर्ने बताउनुभयो साथै विद्यार्थीको उत्कृष्ट प्रस्तुतीको सम्मान गर्दै विद्यालयको व्यवस्थापक, सञ्चालक र शिक्षक सवैलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभयो । विद्यालयका संस्थापक प्राचार्यले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी केवल अङ्कले सिपालु मात्र नभइ सबै क्षेत्रमा उत्तिकै दक्ष बनाउनु पर्ने अहिलेको आवश्यकता हो भन्ने कुरा बताउनु भयो । एन प्याब्सन केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले एन प्याब्सन भित्रको यो विद्यालय राष्ट्रको नै गहना भएको कुरा बताउनु भयो त्यसै गरी शुभकामना मन्तव्य, अभिभावक तिलकराज लम्साल, टोल विकास संस्थाका प्रतिनिधि राजेशराज भण्डारी, सामुदायिक विद्यालयका प्र.अ.हरुको तर्फबाट बावुराम अधिकारी, अभिनन्दित व्यक्तित्वको तर्फबाट नारायण रायमाझी, हिसान गण्डकी प्रदेशका अध्यक्ष रमाकान्त बराल, प्रदेश साम्सदको तर्फबाट वेद बहादुर गुरुङ लगायतले राख्नु भएको थियो ।
सोहि समारोहमा हास्यब्याङ्य कवि तथा कलाकार शैलेन्द्र सिम्खडा, गीतकार सर्जक तथा निर्देशक नारायण रायमाझी, गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ लाई दोसल्ला ओढाएर ताम्रपत्र र २५ हजार रुपैयाद्वारा सम्मान गरिएको थियो । यस अघिनै सम्पन्न गरिएको जिल्ला स्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता र यूगल नृत्य प्रतियोगितामा विजेता विद्यालयहरुलाई नगद, ट्रफी र प्रमाणपत्र यसै समारोहमा प्रदान गरिएको थियो ।
विद्यार्थीहरु द्वारा नाटक, तेकेन्दो, योगा, म्युजिक, चित्रकला र विद्यार्थी, शिक्षक र अभिभावकहरुबाट नृत्य एवः सांस्कृतिक कार्यक्रम भव्य रुपमा प्रस्तुत गरिएको थियो । सोही अवसरमा अभिभावक एवं लोकगायक रामजी पौडेलले गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा १० बर्ष पुरा गरेका शिक्षक कर्मचारी लाई दीर्घ सेवा, प्रभावकारी रुपमा १५ बर्ष पुरा गरेका शिक्षक कर्मचारीलाई के.एम.ए रत्न पदक बाट सम्मान गरिएको थियो । उक्त कार्यक्रममा शिक्षक शिवु ढकाल, विद्यार्थी एलिन महत र भुपु विद्यार्थी डा.विनोद गैह्रले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शैक्षिक अतिरिक्त क्रियाकलाप, खेलकुद, जिल्ला स्तरीय अन्तर विद्यालय प्रतियोगिताका विभिन्न पुरस्कारहरु पनि वितरण गरिएको थियो भने रेडक्रस भवन निमार्णमा रु ७०,०००÷– र राष्ट्रिय आाविष्कार केन्द्रलाई रु ५०,०००÷– आर्थिक सहयोग प्रदान गरिएको थियो ।
रजतमहोत्सव कार्यक्रममा उपथित सवैलाई सभाध्यक्षले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सञ्चालन सहायक प्राचार्य शिवलाल उपाध्याय, अनुराग अधिकारी र विद्यार्थीहरु नलिना पोडाषीनी, आयुषा बास्तोला, सृष्टि खड्का, क्रिष्टिना सापकोटा, मन्सुन गुरुङ, शिक्षा खड्का, प्रशान्ना गुरुङ, श्रेया सुवेदी, निश्चिता तिमिल्सिना, सोएन तामाङले गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्