हिन्दी चलचित्र ‘कर्मा मिट्स किस्मत’मा मेनुका पौडेल गित गाँउदै

सर्वज्योति
  • ख-
  • ख+

ईण्डियाको प्रख्यात गायन रियालिटी शो ‘इन्डियन आइडल १४’मा सहभागी भएकी गायिका मेनुका पौडेलले बलिउड चलचित्र ‘कर्मा मिट्स किस्मत’मा गाउने भएकी छन् । लेखक तथा निर्देशक गीताञ्जली सिन्हाको निर्देशन रहेको चलचित्रमा उनले गित गाउने अवसर प्राप्त गरेकी हुन् ।

भारतीय समाचार एजेन्सी आइएनएएसका अनुसार उक्त चलचित्रमा सोनू निगम र साधना सरगमको पनि स्वर रहनेछ ।

लेखक–निर्देशक गीताञ्जलीले ‘मेनुकाको स्वरमा इमानदारिता र पवित्रता छ । जसले मलाई चुम्बकको जस्तै उनीतर्फ तान्यो । यो गीतमा सोझो र अटुट दृढ विश्वासको माग थियो, जुन मेनुकाको प्राकृतिक गायन शैलीसँग मेल खान्छ त्यसैले उनदलाई मैले चलचित्रमा छनौट गरेकी हुन् भनेकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्