आँबुखैरेनी सत्रसय मर्निङ स्टार विद्यालयः एक परिचय

सर्वज्योति
  • ख-
  • ख+

आँबु खैरेनी गाउँ पालिका वडा नं. १ सत्रसय फाँटमा बालबालिकाको लागि सुविधा सम्पन्न मन्टेसोरी विद्यालय खुलेको छ । सरकारी शिक्षकको रुपमा २७ वर्ष व्यतीत गर्नुभएको हर्क बहादुर नेपालीको प्रेरणामा बिगत १६ वर्ष देखि साना बालबालिकाहरुलाई पढाउँदै आउनु भएको अनुभवी शिक्षिका फूलमाया नेपालीले सन्चालन गर्नुभएको सो विद्यालयमा प्रख्यात मनोबिज्ञानिक डाक्टर मारिया मन्टेसोरीले बिकास गर्नुभएको मोन्टेसोरी विधिबाट शिक्षण गरिन्छ । यहाँ बालबालिकालाई आफ्नै बारीमा उत्पादित अर्गानिक खानेकुरा ३ पटक खुवाइन्छ । बालबालिकाको पोषणलाई ध्यानमा राखेर ताजा र सन्तुलित खानेकुरा बनाएर खुवाइने गरेको भान्सेको रूपमा कार्यरत गङ्गा अछामी बताउनुहुन्छ ।

ललितपुर महानगर पालिका नख्खुमा अवस्थित मर्निङ स्टार प्री-स्कुलबाट प्रभावित भएर स्थापना गरिएको यस विद्यालयको आफ्नै भवन तथा खेल मैदान रहेको छ १ मुख्य बजार तथा राजमार्ग बाट करीब २०० मिटर भित्र रहेको यो विद्यालयको वातावरण शान्त र मनोरम छ । यहाँ बाट माछापुच्छ्रे देखि अन्नपूर्ण , ङादी, मनासलु, हिमालचुली र बौद्ध हिमाल छर्लङ्ग देखिन्छ । तनहुँको प्रसिद्ध आँदीमुल मन्दिर जाने बाटोमा अवस्थित यस विद्यालयमा बालबिकासको लागि आवस्यक शैक्षिक तथा भौतिक सामाग्री हरु प्रसस्त छन । यस विद्यालयका संस्थापक शिक्षिका फूलमाया नेपाली भन्नुहुन्छ , यस विद्यालयमा परम्परागत रुपमा घोकाएर नपढाई खेल तथा मनोरञ्जनको माध्यमबाट सिकाइन्छ । यसोगर्दा बालबालिकालाई कुनै तनाव र चापको महसुस नै नगरी सिकाई अघि बढिरहेको हुन्छ । विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप को माध्यमले विद्यार्थीको रुचि अनुसार नै सिकाउने प्रक्रिया अघि बढाउँदा उनीहरुको रुचि र क्षमताको बारेमा थाहा पाउन सकिन्छ र भविष्यमा गएर के गर्न सक्छन् वा के बन्न सक्छन् भन्ने कुरा छुट्ट्याउन सकिन्छ । उहाँका अनुसार एउटै कुरा पनि बच्चाको रुचि र स्वभाव अनुसार भिन्न भिन्न तरिकाले सिकाउन पर्ने हुन्छ । कसैलाई कसैलाई गीत बनाएर गाएर वा नाचेर सिकाउँदा सिक्छ्न भने कसैलाई त्यही कुरा खेल तथा प्रतिस्पर्धाको रुपमा सिकाउँदा सिक्छ्न । कसैकसैलाई त्यही कुरा पजल तथा जोडा मिलाउने वा लेखाउने वा चित्रको माध्यमले सिकाउनु पर्ने हुन्छ तथा कसैलाई कथात्मक रुपले सिकाउनु पर्छ , यसरी बालाबालिकाको रुचि बुझेर उनीहरुलाई सिकाउन पाउँदा निकै आनन्द आउँछ।

पहिला अनुभुतिको शिक्षा अनि मात्र बौद्धिक शिक्षा भन्ने मारिया मन्टेसोरीको सिध्दान्त अनुसार नै यस विद्यालयको शिक्षण पध्दति अगाडी बढाइएको कुरा यस विद्यालयका संस्थापक तथा मर्निङ स्टार प्रिं-स्कुल ललितपुरका संस्थापक शिक्षिका रन्जना मगराती बताउनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्