मित्रता माध्यमिक विद्यालयले मनायो ५३ औं वार्षिकोत्सब

बाबुराम नेपाली
  • ख-
  • ख+

तनहुँ । मित्रता माध्यमिक विद्यालय सत्रसय फाँटको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आँबु खैरेनी गाउँ पालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा प्रधानाध्यापक सुरेन्द्र बोगटीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मित्रता माध्यमिक विद्यालयका विद्यार्थीहरुले बिभिन्न साँस्कृतिक तथा आधुनिक नृत्य प्रदर्शन गर्नुका साथै प्रत्यक्ष दोहोरी पनि प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुक्र चुमानले विद्यालयको निमित्त राज्यले निकै ठुलो धनराशि खर्चिए पनि अपेक्षित परिणाम आउन नसक्नुमा विद्यालय , शिक्षकका साथै अभिभावक पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो । सहायक प्रधानाध्यापक हरि प्रसाद मिश्रले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रममा विभिन्न दाताहरूले खडा गर्नुभएको अक्षय कोषबाट विद्यार्थीलाई छात्रवृत्ति तथा अन्य सुविधाहरु उपलब्ध गराइएको थियो । यसै क्रममा मित्रता SLC २०४८ ब्याचले स्थापना गरेको अक्षय कोष मार्फत ममता दुवाडी, सुशान्त गुरुङ र मिसन आलेलाई जनही ४ हजार रुपैयाका दरले नगद बितरण गरेको थियो भने काराखेती अश्मी स्मृति अक्षय कोषले रमिला भुजेल, सरस्वती गुरुङ र समिक्षा भुजेललाई जनही २ हजार रुपैया, रबिन्द्र(पबिन्द्र स्मृति अक्षयकोषले सुरेश नेपालीलाई २,५५५ रुपैया र सन्देश गुरुङलाई २५ सय रुपैया कृष्णदास(चेतकुमारी स्मृति अक्षयकोष मार्फत दिपशिका श्रेष्ठ र अनिश नेपालीलाई जनही ५५ सय
रुपैया डल्लुमाया पौडेल स्मृति अक्षयकोष मार्फत मनिष कुँवर लाई २ हजार ५ रुपैया इन्द्रबहादुर पन्त स्मृति अक्षयकोष मार्फत अनमोल भट्टराई , कृष्ण परियार , पुजा नेपाली, रेजिना पुरी र भेषनाथ कुँवरलाई जनही ५ हजार रुपैया, मणि स्मृति आक्षयकोष मार्फत कुसुम सुनारलाई २५ सय रुपैया जितेन्द्र स्मृति अक्षयकोष मार्फत लिजा परियारलाई २५ सय रुपैया, मित्रता माध्यमिक विद्यालयले रबिना मस्राङी, रुमिला भुजेल, धन बहादुर मगर, गङ्गा मगर, र अस्मिन मगरलाई जनही २ हजार रुपैया तथा यसोधा बस्ताकोटी र आकांक्षा गुरुङ लाई जनही १ हजार रुपैया , लुना स्मृति अक्षयकोष मार्फत् भिम कुमारी भुजेललाई २,५५५ रुपैया, सुक बहादुर राना, अन्जना बि. क. , जिना प्रजा, र नबिना माझीलाई जनही २ हजार रुपैया नगद छात्रवृत्ति प्राप्त गर्नुभएको थियो । गाउँ बेसी कृषि केन्द्रले रोज्ना रोकाया र सृष्टि गुरुङलाई जनही १ वटा बाख्राको पाठी हस्तान्तरण गर्नुभएको थियोे भने काराखेती अस्मी स्मृति अक्षयकोषले सपना भट्टलाई बाख्राको पाठी हस्तान्तरण गर्नुभएको थियो । यसैगरी गौरी काराखेतीले आफ्नो जन्मदिनको अवसरमा विद्यालय कोषलाई रु। २ हजार ५ रुपैया सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा विष्णु मोहन स्मृति अक्षयकोष मार्फत प्राप्त हुने १८ हजार रुपैया पिता नभएका तथा जेहेन्दार ४ जना विद्यार्थीलाई प्रदान गरिने जानकारी गराइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्