लियो क्लब अफ तनहुँ म्याग्देकोे गाउँपालिका स्तरिय लियो हाजिरी जवाफ प्रतियोगितामा राधा मा.वि. प्रथम

सर्वज्योति
  • ख-
  • ख+


लियो क्लब अफ तनहुँ म्याग्देद्दारा म्याँग्दे गाउँपालिका स्तरिय माध्यामिक विद्यालय लियो हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्यो । मिन माध्यामिक विद्यालय विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिलिप कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, मिन मा. वि.का प्रअ राजेन्द्र भण्डारी,लायन्स क्लब अफ तनहुँ म्याग्देका सस्थापक अध्यक्ष भिम लाल श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लियो उज्वल लोहनीले सन्चालन गरेको हाजिर जवाफ कार्यक्रममा पालिका भित्रका ६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा राधा मा. वि. ,जामुने प्रथम, मेघदह इलिस बोडिङ स्कुल , बडरे द्धितिय भएको थियो ।

लियो प्रीया सिमल थापाले संचालन गरेको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लियो सुरज लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्ल्बका अध्यक्ष लियो रोशन श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा लायन्स क्लब अफ तनहुँ म्याग्देका पुर्ब अध्यक्ष सुरेन्द्र अधिकारी, अध्यक्ष गौरबराज राना पशुपति अर्याल लागएत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्