गणेश थापाको स्वरमा ”आँखा झुम्न थाल्यो” भिडियो सार्वजनिक

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौं । गणेश थापाको स्वरमा प्रेम र रोमान्स समेटिएको गीत ”आँखा झुम्न थाल्यो” सार्वजनिक गरिएको छ ।

गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए ।

सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन गीतमा रहेको छ ।

सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।

https://youtube.com/watch?v=8KEq_KByP84%3Fsi%3DFE-YNRQOX_GouUny

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्