तनहुँ । तनहुँ दमौलीका व्यवसायी ताराराम श्रेष्ठले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौ राष्ट्रिय महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच, सांगठनिक आधार भन्ने नाराका साथ यहि फागुन १८ र १९ गते काठमाडौंमा हुन गइरहेको महासंघको राष्ट्रिय महाधिवेशनमा कोषाध्यक्ष पदमा श्रेष्ठले उम्मेदवारी दिन लाग्नुभएको हो ।
श्रेष्ठ तनहुँ पुस्तक तथा स्टेशनरी संघको पूर्व अध्यक्ष हाल अहिले महासंघको केन्द्रीय सदस्य समेत हुन् । पुस्तक, स्टेशनरी व्यवसायी र अन्य उद्योगी व्यवसायीहरु माझ निकै श्रेष्ठ लोकप्रिय श्रेष्ठ दमौलीमा रहेको विद्यार्थी पुस्तक पसलको प्रोपाईटर हुन् ।








