पुलिस स्कुलमा ४ देखि ६ कक्षासम्म भर्ना खुल्यो

सर्वज्योति
  • ख-
  • ख+

काँभ्रे जिल्लाको साँगामा रहेको नेपाल पुलिस स्कुलमा भर्ना खुलेको छ । कक्षा ४, ५ र ६ कक्षामा नयाँ भर्नाको लागी पुलिस स्कुल साँगाले दरखास्त आह्वान गरेको हो ।
नेपाल प्रहरीको कल्याणकारी कार्यक्रम अन्तर्गत सञ्चालित सो स्कुलमा प्रहरी कर्मचारीले ६० प्रतिशत र सर्वसाधारणका सन्ततिले ४० प्रतिशत सिटमा भर्ना हुन पाउँछन् । शैक्षिक सत्र २०८१ का लागी चार कक्षामा ३ सेक्सन, पाँच कक्षामा २ सेक्सन र ६ कक्षामा १ सेक्सन नयाँ विद्यार्थी भर्ना गर्न लागिएको विद्यालयका समादेशक डीएसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।

इच्छुक विद्यार्थीहरूले चैत १५ सम्ममा फारम भरेर परीक्षामा सहभागी हुन् पाउनेछन् । २०८० चैत १७ मा साँगामा प्रवेश परीक्षा सञ्चालन गरिने समादेशक भट्टले जानकारी दिए । चैत १८ मा प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्ने गरी विद्यालयले सूचना प्रकाशन गरेको छ ।

सूचना अनुसार कक्षा चारमा १२० जना, कक्षा पाँचमा ८० जना र कक्षा ६ मा ४० जना विद्यार्थी भर्ना लिइने छ । स्कुलको वेबसाइट www.nps.edu.np मार्फत अनलाइन माध्यमबाट आवेदन फारम भर्न सकिने डीएसपी भट्टले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्