लमजुगं सुन्दरबजारका लक्ष्मण पोखरेलको संगीतमा ‘दिल रोएको बेला बोलको गितको भिडियो सार्वजनिक (भिडिओेसहित)

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ ।लामो समयदेखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय लमजुगंको सुन्दरबजार नगरापलिका वडा नं ७ पाँउदीका लक्ष्मण पोखरेलको संगीत रहेको ‘दिल रोएको बेला’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। अविदित फाउन्डेसनले सार्वजनिक गरेको भिजिक भिडिओको गीतमा प्रसिद्ध गायक स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन्। नारायण रेग्मीको शब्द रहेको यस गीतको म्युजिक भिडिओमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाले अभिनय गरेका छन्।

यस गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको म्युजिक भिडिओ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

नेपाली गीत, संगीत संरक्षण गर्ने उद्देश्यले स्थापित फाउन्डेसनले नेपाली गीत, संगीतको संरक्षण गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय छ। गीत संगीतबाट आएको आम्दानी फाउन्डेसनमार्फत परोपकारी कार्यमा काम खर्च गर्दै आएको फाउण्डेशनका अध्यक्ष अनुपजंग थापा (विचित्र) बताउँछन्।

निकै कर्णप्रिय बनेको गीतको भिडियो बनेकोमा गायक गायिका स्वरुपराज आचार्य, अन्जु पन्त, संगीतकार लक्ष्मण पोखरेल गीतकार र नारायण रेग्मी खुसी भएको अध्यक्ष थापाको भनाई छ । मुकेश हुमागाईंले छायांकन गरेको भिडियोमा राहुल बराइलीको कोरियोग्राफी, बिनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ रहेको छ। म्युजिक भिडिओको निर्देशन चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन्।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?