डा. रमेश घिमिरेको नेतृत्वमा अघि बढ्दै दमौलीको मादीश्री स्कुल

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं. १ गल्वुवेसीमा रहेको मादिश्री आवसीय माध्यमिक विद्यालय डा रमेश घिमिरेले सम्हाल्नुभएको छ । लामो समयदेखि वित्रका रुपमा स्वास्थ्य क्षेत्रमा कार्यरत घिमिरेले उक्त विद्यालयको नेतृत्व सम्हाल्नुभएको हो ।

दक्ष र प्रशिक्षित शिक्षकहरुद्धारा पठनपाठनको व्यवस्था , कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला , कोलाहल, प्रदुषणमुक्त मुक्त वातारणमा भएकोले पनि अभिभावकको रोजाईमा पर्ने र विद्यार्थीको लागि उपर्युक्त रहेकोले यस विद्यालयलाई अझ मजवुत बनाउन आफु नेतृत्वमा आएको बिद्यालयका अध्यक्ष डा. घिमिरेको भनाई छ साथै गरिव तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था भएको, दिवा तथा आवासीय छात्रावासको व्यवस्था भएको बिद्यालय सबै किसिमबाट नियाल्दा पठनपाठको लागि योग्य भएकोले पनि अभिभावक र विद्यार्थीको पहिलो रोजाई हुनसक्ने डा. घिमिरेले विश्वास लिनुभएको छ ।

विद्यार्थीको ध्यान पढाईमा मात्र केन्द्रीत नगरि अरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, संगीत र फुटबल, ब्याडमिटन खेलमा पनि दक्ष बनाउन विद्यालयले पहल गरिरहेको उहाँको भनाई छ ।

स्वच्छ सफा क्यान्टिनको व्यवस्था, आफ्नै खेलमैदान, खुला ठाउँमा संचालित उक्त विद्यालयमा हाल शैक्षिक सत्र २०८१ का लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको बिद्यालयले जानकारी गराएको छ ।

बिगत लामो समय देखि संचालित विद्यालयले हजारौ विद्यार्थीहरुलाई शिक्षित गरेको र डा. घिमिरे अध्यक्ष भएदेखि विद्यालयको गरिमा बढ्नुका साथै विद्यालयले थप उचाई लिने विद्यालयका निवर्तमान अध्यक्ष रामचन्द्र भट्टको भनाई रहेको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्