आदिकवि भानुभक्त क्याम्पसमा एक दिने प्राथमिक उपचार तालिम  सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

२४ चैत्र । तनहुँ । आदिकवि भानुभक्त क्याम्पस व्यास १ विज्ञानचौरको आयोजना भएको एक दिने प्राथमिक उपचार तालिम  सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल आदिकविको आयोजनामा भएको कार्यक्रमको जिल्ला समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो तनहुँ शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेरेसो जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नेरेसो तनहुँ जिल्ला जुनियर युवा समितिका संयोजक बिमल गिरी, नेरेसो तनहुँ सदस्य सुमन थापा, शिक्षक नायक रुपक श्रेष्ठ, स्ववियु सचिव अनुप आले मगर, भगवतीपुर उपशाखाका सभापति मिन ब. कार्की, प्रशिक्षक नवराज भण्डारी, कमला काफ्ले, नेरेसो तनहुँ जिल्ला शाखा अधिकृत इमनाथ भट्ट, विभिन्न विद्यार्थी विषयगत तथा समाजिक क्लबका प्रतिनिधि, युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसका वर्तमान् पदाधिकारी एवं सदस्य लगायत अन्य महानुभावहरुको उपस्थिती रहेको थियो ।
युवा रेडक्रस सर्कल आदिकविका अध्यक्ष सुमन खड्का अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख सागर पौडे र कार्यक्रम संचालन सञ्चालन युरेस आदिकवि उपाध्यक्ष पुष्प पण्डितले गर्नुभएको थियो ।
उक्त तालिम कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्